ETERNAL LIFE CHURCH
अनन्त जीवन मण्डली

logo

songs

Ananta Jiwanko Bato
अनन्त जीवनको बाटोभरि

को. अनन्त जीवनको बाटोभरि, ज्योति बनेर सधैँ-सधैँ
(डोर्याउनुहोस्‌ प्रभु मलाई साथ दिनुहोस्‌ सदा-सदा) (२)
१. आउँनेछु प्रभु तिम्रो साथमा कठिन यात्रा लामो नि भए पनि (२)
बाटोभरि काँड़ाले बिजे पनि (२) तपाईं माझ एकलो म भए पनि ।
डुब्नेछ आशाको जब घाम पनि ज्योति बनेर सधैँ-सधैँ
डोर्याउनुहोस्‌ प्रभु मलाई साथ दिनुहोस्‌ सदा-सदा ।
२. प्रशंसा धन्यवाद चढ़ाइरहूँ आराधनाको जीवन देऊ मलाई (२)
प्रभु तिम्रो चरणमा रहन देऊ (२) जीवनको अन्तिम पलसम्म मलाई
अन्धकार संसारको यात्राभरि ज्योति बनेर सधैँ-सधैँ
डोर्याउनुहोस्‌ प्रभु मलाई साथ दिनुहोस्‌ सदा-सदा ।

Anugraha Ko Inar
अनुग्रहको इनार

अनुग्रहको इनार ख्रीष्टको मण्डली (२)
जहाँबाट उघाएर पुर्याउनुछ देशभरी (२)
१. खडेरी छ है चारैतिर आत्मा नै रुखाउने हो... हो... (२)
उकाली घाममा शीतल्ता नपाए यात्री कहाँ बिसाउने (२)
अनुग्रहको चौतारी हे मण्डली हो... हो... (२)
जहाँ आएर बिसाउँछ थकितले आफ्नो भारी (२)
२. अँध्यारो छ है चारैतिर अन्धो नै भुल्याउने (२)
जीवनको यात्रा ज्योति नपाए कसरी कटाउने (२)
सामदामाथिको बत्ति हो मण्डली (२)
जहाँबाट चम्किएर छरिनु छ देशभरी (२)

Aradhanako Geet Ho Yo
आराधनाको गीता हो यो

हो…… होहो…….होहो ….हो..होहो ………
( आराधनाको गीता हो यो हृदय खोलि गाउछु
प्रसंसा को संगीता हो यो हृदय भेटि चदौचु ) २
जसरि मरभुमी मनन जुटाउनु भो
(मलाई पनि जुटाउने ऊहा हुनुहुन्छ) २
(हो…… होहो…….होहो ….हो..होहो ……….) २
(कथा होइन इतियास हो चेला मात्ति मर्कूसको
लुक यहुनाले दिएका ति गवै सत्य हो) २
जसरि पाच रोटि र दुइ माछाले पाच हजारलै खुआउनुभो
(मलाई पनि खुऔने येशु हुनुहुन्छ) २
(हो…… होहो…….होहो ….हो..होहो ……….)

Ashantima Jiune Haru
अशान्तिमा जिउँनेहरू

को. अशान्तिमा जिउँनेहरू
(ख्रीष्टले तिमीलाई खोजिरहेछन्‌) (२)
(अशान्तिमा शान्ति दिन बोलाइरहेछ) (२)
१. टाढ़ा भागी नजाउ ख्रीष्टको प्रेमदेखि
ख्रीष्टले तिमीलाई बिर्सन सक्दैँन (२)
(आकाशभन्दा टाढ़ो छ तिमी प्रति ख्रीष्टको प्रेम
सागर भन्दा गहिरो छ तिमी प्रति उनको प्रेम) (२)
२. संसारमा रहुँन्जेल माया गर्छन्‌ धेरैले
एक दिन मरेपछि माया गर्छन्‌ कसले (२)
(संसारको आफन्तले रुँदै विदा देलान्‌
छैनन्‌ कोही ख्रीष्ट बाहेक माया गर्ने तिमीलाई) (२)

Ajako Din
आजको दिन

(आजको दिन) (२), (उनले सिर्जेका) (२)
रमाउँदै जाऊँ, खुशी मनाऊँ, (र आनन्द गरौँ) (२)
आजको दिन उनले सिर्जेका, रमाउँदै जाऊँ र खुसी मनाऊँ
(आजको दिन) (२), उनले सिर्जेका

Ajako Dina Dekhi
आजको दिन देखि

आजको दिन देखि मेरो जिन्दगीलाई येशूमा दिईहाल्छु
दुई दिने जिन्दगीमा मेरो प्रभु येशू सम्हाली देउ मलाई
१. मेरै निम्ति कति रोयौ मेरै खातिर स्वर्ग त्याग्यौ
हातपाउमा काँटी ठोकी मेरो जिन्दगीलाई बचायौ
तिमी नै मेरो सहारा (२)
२. संसारको जञ्जालबाट टाढा टाढा लैजाउ मलाई (२)
जिन्दगीको हरेक कदममा बिस्तारै डोर्याउ प्रभु मलाई (२)
तिमी नै मेरो सहारा (२)

Aau Aau Chadai
आऊ आऊ चाडै

आऊ आऊ आऊ चाडै आऊ येशूकाह फर्की आऊ
समयले हामीलाइ पर्खिन्दैन, बगे पछि बग्यो खोला फर्किन्दैना
नजाऊ टाडा नजाऊ आई उनको हात समाउ
दिने छन् जुनी भर साथ, गर्देनन घात
दिने छन् जीवन भरि साथ गर्देनन घात
ला ला ला ला ला ला ला ला ला
सधै भरि तिम्रो बाटो कुरी बसे रहेका छन् येशू
तिमि आउने आशा बोकी न्यान्यो माया छ तिम्रै लागि साक्छी
तिमीलाई पाउने प्रतिक्छ्यामा रसिञ्छन आसु उनको आँखामा
पौदेइनाउ एस्तो माया यो संसारमा (२)
ला ला ला ला ला ला ला ला ला
दुख सुख येस्तै छ यहाँ आसु लुकाई हास्नु पर्छ जहाँ
मनको कुरा मनमै गुम्सिञ्छ लाटो सरिर बाच्नु पर्चा यहाँ
तिम्रो मौनतालाई बुजिदिने, दुख सुखमा साथ दिने
येशु बएक कोहि छैन यो संसारमा (२)
आऊ आऊ आऊ चाडै आऊ येशूकाह फर्की आऊ
समयले हामीलाइ पर्खिन्दैन, बगे पछि बग्यो खोला फर्किन्दैना
नजाऊ टाडा नजाऊ आई उनको हात समाउ
दिने छन् जुनी भर साथ, गर्देनन घात
दिने छन् जीवन भरि साथ साथ गर्देनन घात
ला ला ला ला ला ला ला ला ला

Achuchu Chu Bhayo Jado
आछुछुछु भयो नि जाड़ो

को. आछुछुछु भयो नि जाड़ो, स्वर सबैले खोलौँ साह्रो (२)
हुँदैन कसैलाई गाउन गाह्रो, (जन्मे गोठमा प्रभु हाम्रो) (२)
१. गरीब गोठाला दर्शनमा आए, येशूलाई भेटी औधी रमाए (२)
पाप क्षमा जीवन पाए (२), सबैको लागि नै मुक्तिदान ल्याए (२)
२. स्वर्गलाई छोड़ी जगमा आए, रुचाए गरीब गाईको गोठ नै (२)
दिएनन्‌ कैले ठाउँ तपाईंलाई (२), आफ्नैले लत्याए हजुरलाई (२)

Anandako Dhani
आनन्दको धनि

आनन्दको धनि आनन्दको धनि हुन्छ
धार्मिहारको पाउमा परमेश्वरको स्तुति हुन्छ
सारंगी बिना खैजडी बासुरी दस्तारे बाजा सितार
बजौदेइ आऊ परमेश्वरको स्तुति गाउ (२)
किनकि बैभाब्ले चारै तिरबाट वाहलाई घेरेको छ
किनकि जोतिलाई पोसाकझै वाहालाई पैरीनू भएको छ
आकाशलाई तन्काई त्य ताराहरुलाई फिजाउनु भएको छ
प्रिथिवीलाइ सुन्यतामा उधेक गरि अल्जौनु भएको छ
सारंगी बिना खैजडी बासुरी दस्तारे बाजा सितार
बजौदेइ आऊ परमेश्वरको स्तुति गाउ
किनकि अधर्मको जुवालाई उहाले हटाउनु भएको छ
किनकि क्रिस्ट द्वारा हामीलाई सधलाई बचाउनु भएको छ
सम्पूर्ण अन्धकार माथि बिजय दिलाउनु भएको छ
जीवनको पुस्तकमा हाम्रो नामहरुलाई चढाउनु भएको छ
सारंगी बिना खैजडी बासुरी दस्तारे बाजा सितार बजौदेइ आऊ
परमेश्वरको स्तुति गाउ, परमेश्वरको स्तुति गाउ

Aau Pujaun Rajpujari
आऊ पुजौँ राजपुजारी

१. आऊ पुजौँ राजपुजारी, आऊ भजौँ, पवित्र जाति
भज येशू मुक्तिदाता, उनी प्रिय महिमाका राजा, (हल्लेलूयाह) (८)
२. धन्य भन उहाँको नाउँलाई, धन्य भनौँ उहाँको नाउँलाई
भज येशू मुक्तिदाता, उनी प्रिय महिमाका राजा, (हल्लेलूयाह) (८)

Akash Bhanda Ucha
आकाशभन्दा उच्च-उच्च

१. आकाशभन्दा उच्च-उच्च छ नाउँ,सागरभन्दा गहिरो गहिरो छ प्रेम
आसमानभन्दा विशाल-विशाल अनुग्रह छ हाम्रो प्रभु येशूको ।
को. यसैले गर्छौ प्रशंसा, गाउँछौँ महिमा उनै येशूको (२)
२. वाक्यले व्यक्त नहुने, भन्नलाई शब्द नपुग्ने प्रेम,
आदिदेखि अहिलेसम्म समयले साक्षी दिएको प्रेम
स्वर्ग छोडी आउनुभो’ क्रूसैमा मर्नुभो’,
मृत्युलाई जित्नुभो’, हामीलाई मुक्ति दिनलाई ।
३. सारा सृष्टिले ढोक्नेछ, सबै घुँडाहरू टेक्नेछन्‌,
निर्बल बलियो हुनेछ, लाटोले पुकार्नेछ त्यो नाउँ
अन्धो ले देख्नेछ, बहिरोले सुन्नेछ,
मुर्दा बिउँतनेछ उनैलाई महिमा दिनलाई ।

Aja Bholi Bharai Bhandai
आज भोलि भरै भन्दै

को. आज भोलि भरै भन्दै जीवन यहाँ अस्ताउँछ
ख्रीष्टलाई माया गर्ने मान्छे मृत्यु पारी उदाउँछ ।
१. मेरो हृदयको मूर्तिहरूलाई ख्रीष्ट हटाइ बक्सियोस्‌
ख्रीष्ट मेरो राजा मालिक यहाँ राज गरिबक्सियोस्‌,
विगत दिनहरू व्यर्थै गुमाएँ वर्तमान चड़ाउँछु
येशूको प्रेमको कहानी सबलाई गीतबाट सुनाउँछु ।
२. विश्वमा सधैँ म बस्ने होइन बटुवा मात्र हुँ
यो बाटो फेरि म हिँड्ने छैन एक तीर्थयात्री हुँ
विजयी ख्रीष्टको शक्तिले सबै कर्तव्य सुल्झाउँछु
सम्पूर्ण कार्य शेष भएपछि म स्वदेश फिर्नेछु ।

Aatma Bageko Chha
आत्मा बगेको छ

१. आत्मा बगेको छ (४)
पेन्टिकोसको दिनमा झैं आत्मा बगेको छ (२)
२. लङ्गाडा हिड्ने छ (४)
पेन्तिकोसको दिनमा झैं लङ्गाडा हिड्ने छ (२)
३. बैराले सुन्नेछ (४)
पेन्तिकोसको दिनमा झैं बैराले सुन्नेछ (२)
४. अन्धोले देख्ने छ (४)
पेन्तिकोसको दिनमा झैं अन्धोले देख्ने छ (२)
५. गुंगोले बोल्ने छ (४)
पेन्तिकोसको दिनमा झैं गुंगोले बोल्ने छ (२)
६. चंगाई पाएको छ (४)
पेन्तिकोसको दिनमा झैं चंगाई पाएको छ (२)

Ishworko Raj
ईश्वरको राज पहिले

१. ईश्वरको राज पहिले खोजी गर, उहाँको धार्मिकता,
सबै थोक तिमीलाई थपिनेछ, हल्लेलू हल्लेलूयाह ।
को. (हल्लेलूयाह) (३) हल्लेलू हल्लेलूयाह
२. रोटीले मात्र मानिस बाँच्दैन, तर हरेक वचनले,
जो परमेश्वरको मुखबाट निस्कन्छ, हल्लेलू हल्लेलूयाह ।
३. माग त तिमीलार्य दिइनेछ, खोज त भेट्टाउनेछौ,
घचघचाऊ ढोका उघारिनेछ, हल्लेलू हल्लेलूयाह

Ek Kadam Aghi
एक कदम अघि

एक कदम अघि, दश कदम पछि सर्ने विश्वासी होइनौँ है
घुँडामा गई सय कदम अघि सर्ने विश्वासी हौँ हामी ।
एक थुकी सुकी, सय थुकी नदी, हातमा हात मिलाई ल्याउने हो राज्य येशूकै ।
विश्वासी जागौँ, येशूको प्रेममा एकताको नारा लगाऊँ है
फसल पाकिसक्यो, दाइँ गर्ने बेला भो’, संसारको आँगनैमा ।

Kalbari Dadako Mahan
कलवरी डाँड़ाको महा

को. कलवरी डाँड़ाको महा दुःख सहनुपर्यो प्रभुले
मजस्तो पापीलाई बचाउन क्रुसैमा प्राण दिए
१. कतिको निन्दा, कतिको थुक, कतिको भनाइ सहेर (२)
त्यो गह्रौँ क्रूस बोकेर गलगथा पुर्याए ।
२. सिपाहीहरू मिलेर येशूलाई क्रूसमा चढ़ाए (२)
उनैका वस्त्र फुकाई चिठ्ठा लगाए ।
३. हातैमा काँटी, पावैमा काँटी ठोके दुश्मनहरूले (२)
कोखामा भाला हानेको सहे प्रभु येशूले ।
४. जब क्रूसमा चढ़ाए, येशूकी माता मरियम (२)
रुँदै-रुँदै आइपुगिन्‌ येशूको छेवैमा ।
५. हे दाज्यू-भाइ, हे दिदी-बहिनी, पश्चात्ताप गरौँ हामीले (२)
दिनेछन्‌ हामीलाई मुक्ति प्रभु येशूले ।

Kasaile Choyo Malai
कसैले छोयो मलाई

कसैले छोयो मलाई (४) जब म प्रार्थना गरीरहेथे कसैले छोयो मलाई
येशूले छोयो मलाई (४) जब म प्राथर्ना गरिहरेथे येशूले छोयो मलाई
कसैले देरव्यो मलाई (४) जब म प्रार्थना गरीरहेथे कसैले देरव्यो मलाई
येशूले देरव्यो मलाई (४) जब म प्राथर्ना गरिहरेथे येशूले देरव्यो मलाई

Kasto Badhlau Mamaa कस्तो बदलाउ ममा

को. कस्तो बदलाउ ममा (३) जब येशूकहाँ गएँ
१. सधैँ खाने थोक, मैले खान छोड़ेँ (३), जब येशूकहाँ गएँ ।
२. सधैँ पिउने थोक, मैले पिउन छोड़ेँ (३), जब येशूकहाँ गएँ ।
३. सधैँ जाने ठाउँ, म जान छोड़ेँ (३), जब येशूकहाँ गएँ ।

Kahasamma Janey Yatri
कहाँसम्म जाने यात्री

को. कहाँसम्म जाने यात्री हो, मुक्तिको बाटो खोजेर (२)
दुइ बाटो बनिएको छ (२)
एउटा बाटो फराकिलो छ, बालामसम्म पुग्ने
अर्को बाटो यस्तो पनि छ, ख्रीष्ट येशूसम्म पुग्ने
कहाँ जाने हो कता जाने हो निर्णय गर (२)
१. मृत्युको डरले आजीवन भरी दासत्वमा फँसेकाहरूलाई
डाँड़ाकाँड़ा देउराली भन्ज्याङ्ग वर पिपलमा अल्झेकाहरूलाई
(आकाश छिचोलेर जाने येशूले) (२), छुटकारा तिमीलाई दिनेछ ।
२. विरहमा जल्ने मानवलाई हरपल सताउने गर्दछ
धरतीलोकमा बिन्ती सुन्ने एक उद्धारकर्ता छ
(बैकुण्ठधाम उनको राज्य छ) (२), येशूमा मात्र प्रवेश छ ।

Kahile Milan Kahile Bichod
कहिले मिलन कहिले विछोड

को. कहिले मिलन कहिले विछोड
कहिले हाँसा कहिले रोदन, यस्तै नै छ यो क्रुसको जीवन (२)
१. शरीरमा रोदन भएपनि स्वर्गीय पिताको देशमा
रोदन विछोड हुँदैन, आँखाभरिको आँशु उहाँले आफ्नै हातले
पुछिदिने छन्‌ संसारमा भएको दुःखहरू
आनन्दको कारणले विर्सिने छौँ (२)
२. निराशा आउछन्‌ जीवनमा
जीवन नै बेहोसी हुन्छ, निरासाको कारणले
व्यर्थैमा मैले हात हालेछु, भन्ने प्रश्न उब्जन्छ
तर यी सब हुनु न आफ्नो निम्ति विकासको बाटो रहेछ

Kamko Pura Fal
कामको पूरो फल

कामको पूरो फल कामको पूरो फल
ल्याउनेछौं रमाउँदै कामको पूरो फल (२)
१. बिहान समय रोप्छौ दयारुपी बीउलाई
दिउँसो पनि रोप्छौं साँझ नपरुञ्जेल
धिरजले काम गर्छौं फलको आशा राखी
ल्याउनेछौं रमाउँदै कामको पूरो फल
२. दुःख सही रोप्छा, सुख भोगी रोप्छौ
झरीमा जाडोमा रहन्छौ अटल
काट्ने बेला हामी पाकेको फल पाउछौं
ल्याउनेछौं रमाउँदै कामको पूरो फल
३. प्रभु ख्रीष्टको लागी रुदै पनि रोपौं
हानिलाई देखेर नबनौं चञ्जल
दुखको अन्त हुन्छ ईनाम पनि आउँछ
ल्याउनेछौं रमाउँदै कामको पूरो फल

Kuirole Dhakyo Timro Jiwan
कुईरोले ढाक्यो तिम्रो जीवनलाई

कुईरोले ढाक्यो तिम्रो जीवनलाई घाम पनि लागेन
वचन त धेरै सुनी सक्यौ हो... हो... परिवर्तन भएन
१. धुएको लुगा चम्किलो हुन्छ मैला त हुँदैन (२)
सङ्गति धेरै हिँडिसक्यौ हो... हो... परिवर्तन भएन
२. बगेको खोला बगेर गयो फर्कन्न भनेर (२)
प्रभु त धेरै रुनु भयो हो... हो... फर्कन्छु भनेर
३. बिहान उठी ऐना त हेर्छौ शरीरको लागी हो (२)
विश्वासको क्षेत्रमा हिँडेनौ भने हो... हो... स्वर्गमा पुग्दैनौ

Kritagya Bhaye
कृतज्ञ भई

को. कृतज्ञ भई, शिर झुकाई जीवन चढ़ाउन आएकोछु,
अमूल्य भेट अरू के छ र ? (जीवन मेरै अर्पेको छु) (२)
१. टाढ़ो जाँदा प्रेमलाई भुली, घायल हुन्छ मन प्रभुको (२)
(हुन्छु नजीक) (२) (तिम्रो नै सक्तिनँ म जान टाड़ो) (२)
२. मनलाई खिँच्ने वैभव जगतका, विलास बन्लान बाधक मेरा (२)
ख्रीष्टको अद्भूत प्रेमैको निम्ति त्यागछु यिनलाई मनैबाट (२)
३. प्रेम छ अगाध प्रभु तिम्रो नै, बयान गर्ने शक्ति छैन (२)
अनन्तकाल सेवा नै गरूँ, यस प्रेमबाट उऋण म हुन्नँ (२)
४. जगको निम्ति जिउँदिनँ, प्रभु, न ता जिउँछु आफ्नै निम्ति (२)
सक्तिनँ म अर्पण नगरी छोटो जीवन तिम्रो नै निम्ति (२)
५. दुःखित छु म समयको निम्ति बितेथ्यो जो सहँदा पापमा (२)
बाँकी जीवन कृतज्ञतामा अर्पित होस्‌ प्रभुकै सेवामा (२)

Kripale Bhariyeko Yeshu
कृपाले भरीएको येशु

कृपाले भरीएको येशु (२)
कृपा मलाई देखौनु होस (२)
मेरो कमजोरी हृदयलाई देखौनू होस (२)
मायाले भरीएको येशु (२)
माया मलाई देखौनु होस (२)
मेरो रितो पनलाई देखौनु होस (२)

Khusi Khusi Manau
खुशी-खुशी मनाऔँ

खुशी-खुशी मनाऔँ, खुशी-खुशी मनाऔँ (२)
भन-भन, प्रभु येशू ख्रीष्टको जय (२)
मेरोलागि आए, मेरोलागि जिए (२)
मेरोलागि येशूले दुःख उठाए (२)
मेरोलागि मारिएथे, मेरोलागि गाडिएथे (२)
मेरोलागि बौरी उठे, मेरो हुन्‌ येशू
म येशूको हुँ, हामी येशूका हौँ ।
खुशी-खुशी मनाऔँ, खुशी-खुशी मनाऔँ (२)
भन-भन, प्रभु येशू ख्रीष्टको जय (२)

Khoja Hai Sathi
खोजा है साथी

खोजा है साथी मुक्तिको बाटो।
अंधकार होईंना उज्यालो बाटो। २
बचौनु परछा शरीरको आत्मा।
शरीर त केबल धुलो र माटो। (२)
नाचना मेरो दीदी भाई।
बाँचना येशु क्रिसटलाई जोगाई। (२)
संसारको सृष्टि पूजेरा बेर्थेय, पाऊँनू नै के छरा(२)
दुनिया सबै हात पारे पनी लानु नै के छ र (२)
नाचना मेरो दीदी भाई
बाँचना येशु क्रिस्टलाई जोगाई।(२)
माया र मोह दुई दिनको खेला
येशु क्रिस्टलाई पूजा (२)
अंधकार बाटो अंधकारमाई छ
उज्यालो बाटो खोजा। (२)

Gahiro Premle
गहिरो प्रेमले

को. (गहिरो प्रेमले, प्रेम गर्यो मलाई) (२)
(आमाको भन्दा गहिरो त्यो प्रेम) (२)
(धन्य तपाईं सर्वशक्तिमान तपाईं झै छैन अरू महान्‌) (२)
(हल्लेलूयाह हल्लेलूयाह) (४)
१. तपाईंलाई प्रभु भुल्ने म छुइँन, तपाईंलाई येशू छोड्ने म छुइँन
तपाईंको साथमा जिउँनेछु, तपाईंको हात समाई हिँड्नेछु ।
२. तपाईं नै मेरो असल गोठालो, तपाईं नै प्रभु अति प्रेमिलो
सदा-सदा महिमा प्रभु, आराधना प्रसंसा येशू ।

Gau Bajau
गाउ बजाऊ

गाउ बजाऊ उहाँलाई उचालौ (२)
सास हुने हरेक प्राणीले (२)
परम प्रभुको प्रशंसा गह्रौं (२)
तुरही बीणा सारंगी बजाई
खैजडी र नाचगान साथमा
तार बाजा बाँसुरी बजाई
आउ झ्यालीको साथमा
ताली बजाऊ, थुमालाई उचालऊ (२)
सास हुने हरेक प्राणीले (२)
परम प्रभुको प्रशंसा गरौं (२)
जहाँबाट चम्किएर छरिनु छ देशभरी (२)

Gau kristiya Jhund
गाऊँ ख्रीष्टीय झुण्ड

को. गाऊँ ख्रीष्टीय झुण्ड, सबै मिली प्रभुको स्तुति (२)
१. हृदय-विणाको तार बजाई (२) स्तुति-महिमा देऊ मुक्तिदातालाई,
अफ्नो सृजनहारलाई (जयजयकार गरौँ स्वरमा स्वर मिलाई) (२)
२. ईर्ष्या र द्विषको जाल फाडी (२) एकताको सूत्रमा सबैलाई बाँधी
प्रेमको सन्देश बाँडी (कठिनाईलाई पर सारी) (२)
३. अन्धकार यो जगको ज्योति अनि (२) मिठास दिने नुन बनी
हामी नून बनी, (क्रूसलाई अल्ग्याऔँ साक्षी बनी) (२)

Gau Sworai Uchali
गाऊँ स्वरै उचाली

को. गाऊँ स्वरै उचाली बजाउदै ताली (२)
हाम्रो परमेश्वरको गरौं है महिमा, हाम्रो दुवै हातै उचाली (२)
१. बाँसुरी र विणा सारङीको स्वरमा झ्यालीको झन्का बजाउँदै (२)
हामी सबै मिलीजुली उहाँको नाउँलाई एकै साथमा उचाली (२)
२. हातेमाले गर्दै नाच्दै रमाउदै घनघन मादल घन्काउदै (२)
तनले मनले प्रशंसा गर्दै उहाँको नाउँलाई उचाल्दै (२)
जहाँबाट चम्किएर छरिनु छ देशभरी (२)

Gau Halleluya Prabhulai
गाऊँ हल्लेलूयाह प्रभुलाई

१. (गाऊँ हल्लेलूयाह प्रभुलाई) (२) (गाऊँ हल्लेलूयाह) (२)
गाऊँ हल्लेलूयाह प्रभुलाई ।
२. (येशू संसारका ज्योति हुन्‌) (२) (येशू संसारको) (२)
येशू संसारका ज्योति हुन्‌ ।
३. (राज गर्न फेरि आउनेछन्‌) (२) (राज गर्न फेरि) (२)
राज गर्न फेरि आउनेछन्‌ ।

Gayera Hidne Sok
गाएर हिँड्ने शोक

को. गाएर हिँड्ने शोक हाम्रो होइन
पाएर साच्ने दान हाम्रो होइन
शुभ स्‌न्देश यो येशू जन्मेको गोठैमा (२)
१. (रगतको बलिले भिजेको माटोमा
ईश्वरको निगाह पर्यो मानिसको पापैमा) (२)
देउराली भंज्याङङमा ईश्वर खोज्नेहरूहो (२)
शुभ सन्देश यो येशू जन्मेको गोठैमा (२)
२. (गरीब र धनीको ज्ञानी र मुर्खको
भेदभावमा बाचने हे पिडित मानिस हो) (२)
अशान्तिमा शान्ति खोज्नेहरू हो (२)
शुभ सन्देश यो येशू जन्मेको गोठैमा (२)

Gharta Mero
घर त मेरो

१. घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ
मुटुभरि येशूको धेरै नै माया छ मन मेरो उड्दै छ
(बरी लै बरी लै बरी लै मन मेरो उड्दै छ) (२)
२. (क्रूसलाई फेदैमा तिमी सगँ साटेको मायाको साइनो छ) (२)
(साइनोले पिरायो झ्नै पागल बरायो ज्यानै दिए तिमीलाई) (२)
(बरी लै बरी लै बरी लै ज्यानै दिए तिमीलाई) (२)
३. (ज्यान मुटु साटौल माया पिरती बाटौला बड्दै छ चाहना) (२)
(चौतारीमा बसेर अगांलोमा कसेर तिम्रो दिलको धड्कन सुनौला) (२)
(बरी लै बरी लै बरी लै तिम्रो दिलको धड्कन सुनौला) (२)
४. घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ
मुटुभरि येशूको धेरै नै माया छ मन मेरो उड्दै छ
बरी लै बरी लै बरी लै मन मेरो उड्दै छ
बरी लै बरी लै बरी लै येशूलाई मनपर्छ

Ghuda Samma Hoina
घुंडासम्म होइन

को. घुंडासम्म होइन कम्मरसम्म होइन
चुर्लुम्मै डुब्न चाहन्छु येशूको प्रेमको सागरमा
१. जुरेली झै होइन भङ्गेरी झै होइन
चील जस्तै उड्न चाहन्छु येशूको प्रेमको आकाशमा
२. छैन अरू कुनै नाउँ यो धर्तीमा
मलाई गाँउन मन लग्ने मलाई रूझ्न मन लग्ने
येशू नाउँ मात्रै मलाई गाँउन मन लग्ने
मलाई रूझ्न मन लग्ने

Ghuma Ghumake Mara
घुमा घुमा के मारा

घुमा घुमा के मारा (४) दाऊदने गोलियतको गोपन से मारा (२)
एक से नहि, दो से नहि, तिन से नहि, चार से नहि (२)
पाँच पत्थर नादि से लेकर एक पत्थर से मारा (२)
घुमा घुमा के मारा (४) घुमा घुमा के मारा (४)
बल से नहि, बुद्धि से नहि, तिर से नहि, सक्ति से नहि (२)
पाँच पत्थर नादि से लेकर एक पत्थर से मारा (२)

Chadai Auneychan Yeshu
चाँड़ै आउनेछन्‌ येशू

को. चाँड़ै आउनेछन्‌, येशू राजा (२)
स्वर्गीय दूतगण साथमा लिई, बादलको सवारीमा आउनेछन्‌
हल्लेलूयाह (४) मेरो येशू राजा फेरि आउनेछन्‌
१. साना-साना मोती सबलाई बेची असल मोतीलाई किनेजस्तो
विश्वास गर्ने हरेक सबलाई स्वर्गीय राज्य पनि हुन्छ यस्तो ।
२. लुकिएको गाड़्धनलाई भेटी आफ्नो सारा भूमि बेचेजस्तो
किन्नेलाई त्यो बहुमूल्य भूमि स्वर्गीय राज्य पनि हुन्छ यस्तो ।

Chaye Tumko Dilse
चाहे तुमको दिलसे

चाहे तुमको दिलसे, गाये ये गीत मिल्के
तेरे नाम येशु नामकी जय, जिस नाममें हे ज़िंदगी
वो नाम है येशु मशी, जिस नाममें है बंदगी
वो नाम है येशु मशी, येशु नामकी जय हो
येशु नाममें मिलती है शमा, येशु नाममें मिलती है शिफ़ा
येशु नाम में मिलती है कृपा, येशु नाम में करना दूव
(येशु नाम येशु नाम)

Chautarima Bar Hoina
चौतारीमा वर हौइन

चौतारीमा वर हौइन पिपल ख्रिष्टको छेउमा जीवन शीतल
पारि बनको त्यो न्याउली चरी (२) गर्नुहुन्न जीवनमा मन परि (२)
१. हे हे हा हा सुन दाजु सुन भाइ सुन आमा बाउ (२)
संसारको बाटो त्यागी ख्रीष्टको चरणमा आउ (२)
ख्रीष्टलाई हजुर लौ ग्रहण गर जानी बुझी नरकमा नपर (२)
२. हे हे हा हा मानिसहरु इश्वर खोज्न तिर्थ यात्रा धाउँछन्‌ (२)
साँचो इश्वर कहाँ पाउनु धोका मात्रै पाउँछन्‌ (२)
साँचो इश्वर सुंसारमा छैन येशू बाहेक मुक्तिदान कहिँ छैन (२)
३. हे हे हा हा इश्वरले संसारलाई यस्तो प्रेम गरे (२)
संसारको पाप बोकी ख्रुसैमा मरे (२)
विश्वास गरी उद्धार लेउ पापी जीवन येशूलाई नै देउ (३) ।

Chaina Yeshu Bahek
छैन येशू बाहेक

१. छैन येशू बाहेक बचाएको अरु कोहीले
मेरो हृदय जितेको छ उनको जीउदो बचन साँचो बोली (२)
को. लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले
येशूको जीवन प्रेमको कथा सबलाई सुनाउँछ
यो जीवनले (२) आहोइ आहोइ आहोइ
२. भरिएको छ आज मेरो मन स्वर्गीय हान्तिले परिर्वतन गर्नुभो
मलाई ख्रीष्टले आफ्नो प्रेमको शक्तिले (२)
३. सबै थोकलाई बिर्सी आराधाणा ख्रीष्टको गर्नेछु
उनको प्रशंसामा अनन्दले हृदय खीली नाच्दै गाउने छु (२)
सबलाई सुनाउछ यो जीवनले (२)

Jagat Sansar kei
जगत्‌ संसार केही

१. जगत्‌ संसार केही पनि छैन सुन दाज्यू-भाइ (२)
विश्वास गरौँ हामी सबले, मुक्ति पाउनलाई (२)
को. ख्रीष्ट येशू छन्‌, ख्रीष्ट येशू छन्‌
ख्रीष्ट येशू छन्‌, तयार मुक्ति दिनलाई
२. लोभै गर्छौ, लालच गर्छौ संसारको थोकलाई (२)
यी सबै थोक केही पनि होइन साथमा जानलाई (२)
३. आऊ सबै फिक्री गरौँ मुक्ति पाउनलाई (२)
येशूबाहेक अरू छन्‌ छैन केही उपाय (२)
४. आऊ सबै दाज्यू-भाइ हो, सुन मन लगाई (२)
ख्रीष्ट येशू तारणहारको निम्तो छ सबलाई (२)

Jawanima Kada Pani
जवानीमा काडा पनि

जवानीमा काडा पनि फुल हुन्छ बैनी
यहि समय अनेकौ भुल हुन्छ बैनी (२)
प्रभुमा छौ प्राथना गर बचन पालन गर (२)
तिम्रो जीवन क्रिस्टमा लाने पुला हुन्छ बैनी (२)
जवानीमा काडा पनि फुल हुन्छ बैनी
सुन्दरता यो आज फुल झैँ, भोलि ओइलि जान्छा
बचन नै हो जसले तिमीलाई अनन्त तिर…. लान्छ (२) अनन्त तिर लान्छ
जवानीमा काडा पनि फुल हुन्छ बैनी…..
मान्छेलाइ तिमि होइन, तिमि मा क्रिस्ट देखिनु पर्छ
जीवन बाट संसरा मा सत्यता लेखिनु पर्छ (२) सत्यता लेखिनु…. पर्छ
जवानीमा काडा पनि फुल हुन्छ बैनी…. (२)
यहि समय अनेकौ भुल हुन्छ बैनी
प्रभुमा छौ प्राथना गर बचन पालन गर (२)
तिम्रो जीवन क्रिस्टमा लाने पुल हुन्छ बैनी (२)
जवानीमा काडा पनि फुल हुन्छ…. बैनी

Jaya Hos
जय होस्

को. जय होस्‌ येशू राजाको, मुक्तिदाताको, उद्धारकर्ताको (२)
१. उहाँले हामीलाई प्रेम गरी क्रूसको सबै दुःख भोग्नुभो’
हर पापको बन्धनलाई तोड़ी हामीलाई स्वतन्त्र गर्नुभो’
२. पुरानो जीवन सब भूली नयाँ जीवन ख्रीष्टमा जिउनेछु
पिताको हर प्रतिज्ञालाई सम्झी ख्रीष्टको पाइलो म पछ्याउनेछु ।

Jiunalai Kasaiko Maya
जिउनलाई कसैको माया

जिउनलाई कसैको माया चाहिन्छ
बाँच्नलाई पनि आशा चाहिन्छ (२)
त्यो माया चोखो येशूमा पाइन्छ
त्यो आशा पनि येशूमा पाइन्छ (२)
१. हृदयका तिम्रा चोटहरु सबै येशूमा निको हुन्छ (२)
निर्दयी पापी यो दुनियाँमा (२)
सहारा तिमीलाई मिल्छ (२)
२. आउ अब रमाई येशूको शरणमा नगरी शंका मनमा (२)
जिउनेछौ सुखी भई बाँकी जीवनमा (२)
हुँदैन धोका बिचमा (२)

Jiundo Chan Yeshu
जीउँदो छन्‌ येशू

जीउँदो छन्‌, येशू जीउँदो छन्‌,
मेरो मनमा येशू जीउँदो छन्‌
संकटमा मेरो सहारा हुन्‌,
येशू सधैँ जीउँदो छन्‌ ।

Jiwan Yaha Gulab
जीवन यहाँ गुलाबको

को. जीवन यहाँ गुलाबको फूल झैँ झरेर जाने हो
दुइ दिने चोला पानीको वाफ झैँ उड़ेर जाने हो
विन्ती यो तिमीलाई छ है, आज नै यो भौका छ है (२)
समय छँदै आफूलाई अहिले ने जाँची देऊ
मुक्तिदाता येशूसँग साइनो गाँसी देऊ (२)
१. आज भन्दै भोलि जीवन अस्ताउँछ (२)
ख्रीष्टमा सधैँ जिउनेहरू, मृत्यु पारी उदाउँछ (२)
मानवको जीवन यस्तै हो, पाहुना मात्रै दुइ दिनको (२)
२. सुख-दुःख जन्म-मरण सधैँभरि चल्दछ (२)
जीवनको हरेक मोड़हरूमा हाँसो-रोदन हुँदछ (२)
वचनमा जो हड़िरहन्छ, जीवनको मुकुट पाउनेछ (२)

Jodiyeko Sambanda
जोडीएको सम्बन्ध यो

को. जोडीएको सम्बन्ध यो, पुस्तौँ सम्मकै नाता हो (२)
परमेश्वरको हतकेलामा, सम्हालीएको जाती हामी हो (२)
थोरै चही, हजारौ भो, दुरबल चही बलयो हुनेभो
सम्हालीएको जाती हामी हो
१. रूवाई, चितकार र बिलापको सोर उचाल्यौ (२)
मन्ना हामीलाई झारनु भो, हाम्रो भोकलाई मेटनु भो (२)
अन्धाकारमा हरायौ, राँकोभै बाटो देखायौ (२)
चटानलाई फुटाएर, हाम्रो प्यसलाई मेटाई दिनु भो (२)
२. बरसौ बरसको, याऋा थ्यो हाम्रो (२)
समुन्दृलाई चिरनु भो, बन्द डोका खोल्नु भो (२)
नापनै नसकीने, तौलन पनि नमिलने (२)
माँया यो जातिलाई गर्नु भो, खडेरिमा बादल झारनु भो (२)

Jhari Pathao
झरी पठाऊ

१. (झरी पठाऊ) (४)
(हृदय भिजाउने आत्मालाई धुने) (२)
(पवित्र आत्माको झरी पठाऊ) (२)
२. (आगो पठाऊ) (४)
(हृदय जलाउने आत्मालाई खार्ने) (२)v (पवित्र आत्माको आगो पठाऊ)

Tapaiko Anand Mero Bal
तपाईंको आनन्द मेरो बल

(तपाईंको आनन्द मेरो बल हो,तपाईंको आनन्द मेरो सामर्थ) (३)
[(येशू तपाईंको उपस्थितिमा आनन्द छ, आनन्द) (२)
यसैले गाउँछु, रमाउँछु, महिमा गर्छु प्रशंसा गर्छु
(येशूलाई)३] (२)

Tapaiko Daya
तपाईंको दया जीवनभन्दा

१. तपाईंको दया जीवनभन्दा श्रेष्ठ (२)
को. धन्यको भन्छु, स्तुति म गर्छु,
तपाईंको दया जीवनभन्दा श्रेष्ठ
२. हात उचाल्दछु तपाईंको नाउँमा (२)
३. सेवा गर्चू प्रभु, सारा हृदयले (२)

Tapaiko Bhalopan
तपाईको भलो पनले

१. तपाईको भलो पनले मलाई पश्चतापी बनाउँदछ
तपाईको उच्च विचारले मेरो हृदयलाई कायल बनाउँदछ
तपाईको अनमोल प्रेमले मेरो जीवनलाई सार्थक बनाउँदछ
तपाईको महान्‌ करुणाले मलाई चिलझै आकाशमा उडाउँदछ
को. प्रभु तपाई कति महान्‌ मत फूल झै फक्रिएको छु
प्रभु तपाई कति उदेक, म त मैन झै विलाउँदछु (२)
२. जब कोही थिएन यो संसारमा मलाई धेरै माया गर्ने
प्रेमको उपहार लिएर आयौं मेरो पोल्टोमा खनाई दियौं
३. जब एक्लो थिए म यो संसारैमा आफ्नो भन्ने पराई भने
अपार प्रेमको यी हात फैलाई मलाई अँगाली दियौं

Tapaiko Cheuma
तपाईको छेउमा

तपाईको छेउमा, तपाईको छेउमा,
तपाईको नजिक, अँगालोभित्र राख्नोस मलाई
बुवाले जस्तै, मित्रले जस्तै,
तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई
अरु कतै पनि, मिल्दैन विश्राम,
यो आत्माले तपाईमा नै विश्राम पाउँछ
अरु कतै पनि मेट्दैन तृष्णा,
यो मेरो प्राण तपाईमा नै तृप्त हुन्छ,
यसैले छेउमा, तपाईको छेउमा,
तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई
बुवाले जस्तै, मित्रले जस्तै,
तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई
अरु कतै पनि, हुँदैन चोट निको,
येशू तपाईमा नै हृदय निको हुन्छ,
अरु कतै पनि, मिल्दैन सन्तुष्टि
येशू तपाईमा नै आत्मा सन्तुष्ट हुन्छ
यसैले छेउमा, तपाईको छेउमा,
तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई
बुवाले जस्तै, मित्रले जस्तै,
तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई

Chadai Auneychan Yeshu
चाँड़ै आउनेछन्‌ येशू

को. चाँड़ै आउनेछन्‌, येशू राजा (२)
स्वर्गीय दूतगण साथमा लिई, बादलको सवारीमा आउनेछन्‌
हल्लेलूयाह (४) मेरो येशू राजा फेरि आउनेछन्‌
१. साना-साना मोती सबलाई बेची असल मोतीलाई किनेजस्तो
विश्वास गर्ने हरेक सबलाई स्वर्गीय राज्य पनि हुन्छ यस्तो ।
२. लुकिएको गाड़्धनलाई भेटी आफ्नो सारा भूमि बेचेजस्तो
किन्नेलाई त्यो बहुमूल्य भूमि स्वर्गीय राज्य पनि हुन्छ यस्तो ।

Timi Bina Mero Jindagi
तिमी बिना मेरो जिन्दगी

१. तिमी बिना मेरो जिन्दगी रुख्खो रुख्खो छ
प्रभु मलाई सधैँ नै तिम्रो अंगालोमा बाध्नुहोस्‌
तिमी नै मेरो सहारा हौ तिमी बिना यो जिवन
व्यर्थै व्यर्थै व्यर्थै छ (२)
(तिमी तिमी) (२) यो जिकन व्यर्थै व्यर्थै छ
(तिमी तिमी) (२) यो जिकन व्यर्थै व्यर्थै छ
२. तिम्रो त्यो सुन्दर मुहारलाई सधैँ र्हेन पाऊ
यो हृदयको ढुक्ढुकीमा तिम्रो नाउँ गुन्जियोस्‌
(तिमी नै मेरो हृदयको राजा तिमी बिना यो जिवन
व्यर्थै व्यर्थै व्यर्थै छ) (२)
(तिमी बिना) (२) यो जिवन, व्यर्थै व्यर्थै छ
(तिमी बिना) (२) यो जिवन, व्यर्थै व्यर्थै छ

Timihau Mero Gothalo
तिमी हौ मेरो गोठाला

तिमी हौ मेरो गोठाला, तिमी हौ मेरो सहारा (२)
मेरो अघि-अघि मलाई डोर्याइहिँड्ने,
मेरो आँसुलाई पुछी मलाई माया गर्ने (२)
जयजयकार (३) गर्छु येशू तिम्रो जयजयकर
प्रशंसा, प्रशंसा, प्रशंसा, प्रशंसा गर्छु येशू, तिम्रो प्रशंसा ।

Timro Jiwan Byarthai
तिम्रो जीवन व्यर्थै

को. तिम्रो जीवन व्यर्थै नजाओस्‌ जिन्दगीले अर्थ पाओस्‌
भनी येशू संसारमा आए उनको जीवन हाम्रो निम्ति बलि दिनलाई,
मानिसको चोला लिई मानिसैको लागि मरे
कोई छैन अरू यहाँ येशू बाहेक हाम्रो निम्ति जीवन दिनलाई (२)
१. धेरै आए धेरै गए यस्तो उस्तो सबैलाई भन्ने
जाँची हेर येशू मात्र एउटै बाटो म हुँ भन्ने (२)
(उनको बाटो साँचो छ है बुझी लेऊ सबै
जसलाई यसको खाँचो छ है आउ हिँड्नलाई) (२)
२. थाकेकालाई विश्राम दिने हारेकालाई जीत दिने
बाँधेकालाई खोलिदिने, भागेकालाई थामिदिने (२)
(यही बाटो हिँड्नु छ है जुनीभरिलाई
सत्य, शान्ति येशू राजाको आशीष पाई) (२)

Todfod Gari
तोड़फोड़ गरी

को. तोड़फोड़ गरी जोड़्नुहोस्‌ फेरि ख्रीष्ट स्वयं जिउनुहोस्‌
सृष्टि अघिको इच्छा तपाईंको, हे प्रभु पूर्ण होस्‌
१. स्वार्थमय जीवन जीएर कति तपाईंलाई रूवाएँ (२)
तपाईंको आज्ञा तोड़ेर मैले धेर काँड़ा उमारे
ती काँड़ाबाट एक मुकुट बनाई प्रभुलाई पहिर्याएँ
पाप गर्दै यहाँ बाँचेर कैयौँ बार क्रूसमा चढ़ाएँ ।
२. जिउन चाहन्नँ हारेको जीवन ख्रीष्टरहित भएर (२)
जिउन चाहन्छु जयवन्त जीवन ख्रीष्टभित्र भएर
यसकारण प्रभु हारपूर्ण जीवन तपाईंलाई अर्पन्छु
मेरो सट्टामा येशू जिउनुहोस्‌ यो विनय बिछाउँछु ।

Dhan Sampati
धन सम्पति

को. धन सम्पति चाँहिदैन है न त मूल्यवान चीज नै
(चाहिन्छ मात्र तिम्रै सिंगो विश्वास) (२) (ग्रहण गरन उद्धारकर्तालाई) (२)
१. जगत सारा हात पर्यो जीवनमा तिमीले
(प्राण चाहि आफ्नो गुमायौ भने फाइदा के भयो र) (२)
(ईश्वरको स्वरूपमा सृजना भएको तिम्रो यो जीवन को मूल्य नै के भयो र) (२)
(मानिसको जीवन बगानको फूल हो) (२) (औइलेर झर्दछ सुकेर जाँदछ) (२)
(तर येशूमा भएको जीवन अनन्त छ) (२)
२. स्वर्गराजको बाटो भेटिन्न दान र पुन्यले
(नता त्यसलाई त्यसलाई पाईन्छ धर्म र कर्मले) (२)
(बाटो विराएको पापिष्टहरूलाई स्वयम बाटो बनी आए प्रभु ख्रीष्ट) (२)
(पछ्‌याउन यो बाटो आउन फकेर) (२) (तिम्रो त्यो मनलाई कठोर नबनाउ) (२)
(तर सुनी पुकार ख्रीष्टको नजाऊ तर्केर) (२)

Dandai Paari
डादै पारी

डादै पारी त्यो गाउमा येशूको खबर
सुनाउने यो मेरो ठुलो ठुलो रहर
येशू आए येशू आए हाम्रो लागि हाम्रो दुनियामा हो… (२)
हे हे हो हो ला ला ला (२)
ए साइला ए माइल ए ठुली सान नानी
सुनन येशूको जीवनको काहानी (२)
स्वोर्ग छोडी आए क्रोस्सैमा मरे (२)
हामीलाई जीवन दिना (२)
(मादलैइ घंक्यो क्रिस्टको महिमा
बाँसुरी बज्यो क्रिस्टको महिमा) २
लहै लहै लहै लहै एसको तालमा नाचौ (२)
(हृदय खोलेर गाऊँ क्रिस्टको गीत
सबै नाचौना नभई थकित) २
भोलि फेरी यो मौका होला न होला
घिन्तंग घिन्तंगको तालमा नाच्ने रहर होला
भोलि फेरी यो मौका होला न होला
बाँसुरी को लै मा नाच्ने धोको होला
तेसैले लहै लहै लहै लहै एसको तालमा नाचौ
लहै लहै लहै लहै एसको धुनमा नाचौ
हे हे हो हो ला ला ला (२)
लहै लहै लहै लहै एसको धुनमा नाचौ
लहै लहै लहै लहै एसको तालमा नाचौ (३) FASTER

Dharma Karma Garchau
धर्म कर्म गर्छौ

को. धर्म कर्म गर्छौ तिमी मुक्ति पायौ की ?
स्वर्ग जाने निश्चयता तिमीले पायौ की ?
समय छैन प्रिया हो येशूकहाँ आऊ
जानी बुझीकन नरकमा नजाऊ ।
आऊ प्रिया आऊ येशू मसीहकहाँ आऊ (२)
१. उद्धार बिना मृत्यु भए ढोका बन्द छ
बन्द मात्र नभएर नरकको दण्ड छ (२)
समय छैन ...
२. मुक्ति दिने येशूलाई चिन्नु खाँचो छ (२)
येशूले गरेको बाणी सबै साँचो छ


Nachana Nacha
नाच न नाच

नाच न नाच गाउँछु म गीत हाँस न हाँस छ हाम्रो जित
किन निराश छौ किन उदास छौ
निश्चय हामीले नै संसारलाई जित्नेछौं (२)
१. तिम्रो र मेरो प्रेमको बन्धन जसरी ख्रीष्टसंग छ
सुन्दर पहाड पवित्र झरना जसरी सृजिएको छ (२)
हरियाली खेतमा स्वर्गीय भेषमा
आऔं हामी सबै जाऔं ख्रीष्टीय देशमा (२)
२. तिम्रो र मेरो उद्धार गर्न येशू संसारमा आए
बलिदान गरि बन्धनलाई तोडी हामी सबलाई बचाए (२)
त्यसैले आईदेउ सत्यलाई बुझीदेउ
ख्रीष्टको विजयीमा सबै रमाईदेउ (२)

Nachideu
नाँची देऊ

१. (नाँची देऊ नाँची देऊ नाँची देऊ) (२)
(नाँची देऊ) (२)
(येशूको माया सम्झी नाँची देऊ) (२)
२. (गाई देऊ गाई देऊ गाई देऊ) (२)
(गाई देऊ) (२)
(येशूको माया सम्झी गाई देऊ) (२)
३. (उफ्रि देऊ उफ्रि देऊ उफ्रि देऊ) (२)
(उफ्रि देऊ) (२)
(येशूको माया सम्झी उफ्रि देऊ) (२)
४. (हाँसी देऊ हाँसी देऊ हाँसी देऊ) (२)
(हाँसी देऊ) (२)
(येशूको माया सम्झी हाँसी देऊ) (२)
५. (घुमी देऊ घुमी देऊ घुमी देऊ) (२)
(भुमि देऊ) (२)
(येशूको माया सम्झी घुमी देऊ) (२)

Naya Bhayeko Chhau
नयाँ भएका छौ

नयाँ भएका छौ, येशू हामी सबै (२)
तपाइको रगतले, सुद्ध भएका छौ।
तपाइको प्रेमले प्रेमिलो छौ ।
नयाँ जीवन हम्,,,, आशिषको जीवन (२)

Paramprabhule Jutaunu Huncha
परमप्रभुले जुटाउनुहुन्छ

परमप्रभुले जुटाउनुहुन्छ यह्वे यहवे जब खाँचो भयो बलिदानको
हाम्रो पापको लागि तब स्वर्गबाट उहाँले जुटाउनुभो पाठो
परमप्रभुले जुटाउनुहुन्छ यहवे यिरे
जब मैले भने मेरो घटी कमि उहाँलाई
तब स्वर्गबाट उहाँले पुर्याउनुभो खाँचो
परमप्रभुले जुटाउनुहुन्छ गरियोमा तेल भाँडामा पिठो
परमप्रभुले जुटाउनुहुन्छ धन्सारमा अनाज चुलामा आगो
भोकोलाई भोजन नाङोलाई वस्त्र
विधवालाई सहारा अनाथलाई अँगालो (२)
परमप्रभुले जुटाउनुहुन्छ गरियोमा तेल भाँडामा पिठो
परमप्रभुले जुटाउनुहुन्छ धन्सारमा अनाज चुलामा आगो
असहायलाई आशा रुनेलाई हाँसो
दुखीलाई सान्त्वना एक्लोलाई साथ न्यानो
भोकोलाई भोजन नाङ्गोलाई वस्त्र
विधवालाई सहारा अनाथलाई अँगालो
परमप्रभुले जुटाउनुहुन्छ...

Parne Chha Ashishko Jhari
पर्नेछ आशिष्को झरी

१. पर्नेछ आशिष्को झरी, प्रेमको प्रतिज्ञालाई मान
हुन्छन्‌ समय जीवन दिने, ख्रीष्ट मुक्तिदाताको दान ।
को. आशिष्को झरी, आशिष्को झरी पठाऊ
दयाको थोपो चुहुन्छ, आशिष्को झरी पठाऊ
२. पर्नेछ आशिष्को झरी, जीवनमा होस्‌ शक्ति-बल
सबैमा उत्पन्न गराउँछ, पवित्र आत्माको फल ।
३. पर्नेछ आशिष्को झरी, हामीमा प्रभु पठाऊ ।
दिएर आत्माको भरपूर, वचनको तेजले जगाऊ ।
४. पर्नेछ आशिष्को झरी, होस्‌ आजदेखि शुरू
हामीले आज पाप स्वीकार्छौं, सुन्नुहोस्‌ बिन्ती येशू ।

Pabitra Aatma Aau
पवित्र आत्मा आऊ

को. (पवित्र आत्मा आऊ) (२)
मलाई लैजाऊ येशूको चरणमा पवित्र आत्मा आऊ (२)
१. (येशू तिम्रै लागि) (६) हात उचाल्दछु, घुँडा टेकी, शिर झुकाउँदै,
हात उचाल्दछु तिम्रै लागि (२)
(येशू तिम्रै लागि) (६) शिर भुकाउँदछु ।
२. (येशू तिम्रै लागि) (६) हात उचाल्दछु, (येशूनै बाटो हुन्‌,
येशूनै सत्य हुन्‌, येशू नै जीवन हुन्‌, येशू नै दाता हुन्‌) (२)
(येशू तिम्रै लागि) (६) शिर झुकाउँदछु,
(येशू तिम्रै लागि) (६) हात उचाल्दछु ।

Pabitra Tapai Mero Nimti
पवित्र तपाईं मेरो निम्ति

पवित्र तपाईं, मेरो निम्ति कलवरी क्रूसमा जानुभो’
पवित्र तपाईं, मेरो निम्ति दु:ख सहनुभो’
के चढाऊँ प्रभु, यो क्षुद्र जीवनबाट ?
के चढाऊँ प्रभु, यो तुच्छ जीवनबाट ?
सुन र चाँदी छैन, छ एउटा चूर्ण यो हृदय (२)
कृतज्ञताले भरेर पोखिन्छ तपाईंको पाउमा ।

Papi Marnu Parne
पापी मर्नुपर्ने

को. पापी मर्नुपर्ने क्रूसमा धर्मी येशू बलि भए (२)
मानव हितका लागि उनले सबै दुःख पीड़ा सहे,
एकजनाको बलिदानले सबै जनाको उद्धार भयो,
(रगत बग्यो निर्दोषको दोषी सबलाई माफी भयो) (२)
१. (आएथे ख्रीष्ट संसारमा जहिले बलिदान हुनलाई) (२)
मर्नु है पर्यो क्रूसमा उनी पाप सबैको धुनलाई
क्रूसको पीड़ा संसारको घृणा येशूले सही दिए
(पापीको खोटमा कोर्राको चोटमा बलि नै भएदिए) (२)
२. (त्यागेथे प्राण पहिरेर मुकुट शिरमा काँड़ाको) (२)
कसरी चुकाऔं प्रभुको ऋण कलवरी
त्यो डाँड़ाको क्रूसको कथा क्रूसको
व्यथा दोहोरिन नपाओस्‌
(पापीका लागि धर्मीजन मर्ने दिन फेरि नआओस्‌) (२)

Pugne Chau Hami Biswasi
पुग्नेछौँ हामी विश्वासी

को. पुग्नेछौँ हामी विश्वासी अँध्यारो बस्तीहरूमा
पुग्नेछौँ हामी विश्वासी (पहाड़ कन्दराहरूमा) (२)
१. शत्रुलाई पनि प्रेम गर सानो कहिल्यै हुँदैनौ
प्रभुले पनि गरेनन्‌ हेला कुनै पापीलाई (२)
यही महाँ‌न्‌ वाणी प्रभुको (२) लिएर आज हामी त्यहाँ पुगौँ ।
२. संसारले घृणा निन्दा गरे नि हामी सधैँ रहाऊँ
जीवनमा जति दुःख भए नि सहेर अघि बढ़ौँ (२)
यही महान्‌ वाणी प्रभुको (२) लिएर आज हामी त्यहाँ पुगौँ ।।

Prabhu Timro Nimti
प्रभु तिम्रो निम्ति

प्रभु, तिम्रो निम्ति म गीत गाउँछु
सारा उत्तम प्रयासले म गीत गाउँछु
तिमी छौ मेरोछेउ, तिमी छौ मेरो साथ
(मेरो गीतले प्रभु तिमीलाई उचाल्छु) (२)
(यी मेरा शब्द-शब्दमा, सारा उच्चारणहरूमा
आवाज भएका सङ्गीतहरूमा) (२)
जीवन भएर तिमी मभित्र छौ
जिउने कारण बन्न सिकाएको छौ
तिमी छौ मेरोछेउ, तिमी छौ मेरोसाथ
मेरो गीतले प्रभु, तिमीलाई उचाल्छु ।

Prabhu Dhanyavad Chha
प्रभु तिम्रो निम्ति

प्रभु धन्यवाद छ,यति सुन्दर जीवन दिनुभो मलाई ।
प्रभु धन्यवाद छ,धन्यवाद छ तपाईलाइ
येशु धन्यवाद छ,फेरि नयाँ जीवन दिनो भो मलाई ।
येशु धन्यवाद छ,धन्यवाद छ तपाई लाइ ।
आधिमा जब बसाल्नु भो, जग तपैले प्रिथिबिको । (२)
थिए तसर्थ म तपैकै नजरमा,देख्नु भो तपाइले मलाई।
प्रभु धन्यवाद छ,धन्यवाद छ तपाइलाई
प्रभु धन्यवाद छ, यति सुन्दर जीवन दिनु भो मलाई ।
प्रभु धन्यवाद छ , धन्यवाद छ तपाईलाइ
हो हो तपैकै हु येशु ।
आमाको गर्भमा हुदै ,(ओ हो)बोलाउनु भयो पिता मलाई । (२)
पापैमा म जन्मिएको भए पनि बचाउनुभो येशु दिलाई ।
प्रभु धन्यवाद छ,धन्यवाद छ तपाइलाई
प्रभु धन्यवाद छ, यति सुन्दर जीवन दिनुभो मलाई
प्रभु धन्यवाद छ, धन्यवाद छ तपाईलाइ
येशु धन्यवाद छ, फेरि नयाँ जीवन दिनोभो मलाई ।
येशु धन्यवाद छ,धन्यवाद छ तपाईलाइ ।

Prabhu Yeshu Kristko Shital
प्रभु येशू ख्रीष्टको शीतल

को. प्रभु येशू ख्रीष्टको शीतल रगत मुटुमा सुरुरु (२)
उहाँको माया नबिर्स बैनी, (मन रुन्छ धुरुरु)
१. म, तिमी, हामी सबैको लागि आफ्नो पुत्र दिएको (२)
त्यागेको प्राण सम्झना राखौँ, रगतले लेखेको ।
२. रगतको धारो आलो छ बैनी, गलगथा पहाड़मा (२)
तिम्रो र मेरो निम्तिमा गुथेँ काँड़ा त्यो शिरमा ।
३. बोकेका थिए दरनीय क्रूस, मनमा गुनन (२)
हृदयमा अङ्कित प्रभुको देन, तिमीले सम्झन ।
४. नभुलौँ बैनी, कष्टको घुटको, येशूले पिएको (२)
सबैमा थियो उद्धार उनको प्राणदान दिएमा ।
५. प्रभुका गुण नम्र र दीन, मुटुमा गाँसौन (२)
ज्योतिका सन्तान बनेर फिरौँ बोकेर बासना ।

Prabhu Tapaiko Charanma
प्रभु तपाईको चरणमा

प्रभु तपाईको चरणमा म आउन सक्दछु
म अधर्मी पापी तुच्छलाइ तपैले प्रेम गर्नुभो
श्रापित क्रूसमा मेरै लागि तपाई नी मर्नु भयो (२)
तपाइको पबित्र हातले मलाई छुनु भयो
तपाइको अनमोल रगतले मलाई धुनु भयो । (२)
तपाइको अपार प्रेमको बर्णन कसरि गरौँ
दिन केहि अरु सक्दिन म यो जीवन अर्पन्छु (२)
प्रभु तपाईको चरणमा म आउन सक्दछु
जुनै घडी भए पनि म आउन सक्दछु। (२)

Prabhuji Arji Mero
प्रभुजी अर्जी मेरो

को. प्रभुजी, अर्जी मेरो सुनिलेऊ, लौ है चढ़ाएँ
प्रभुजी, लौ है आज चढ़ाएँ, लौ है चढ़ाएँ
प्रभुजी, मनको मैलो धोइदेऊ, लौ है चढ़ाएँ
१. (संसारै छ पापैले भरेको धनको लोभमा सबै परेको) (२)
(लौन बिन्ती आज मैले चढ़ाएँ) (२)
२. (संसाररूपी समुद्र चौड़ा छ जीवनरूपी नाउ पुरानो छ) (२)
(लौन मेरो नाउलाई पार लगाइदेऊ) (२)
३. (राता-सेता फूलै फुलेका मायाजालमा दुनियाँ भुलेका) (२)
(लौन जगको मायाजाललाई फुकाइदेऊ) (२)
४. (डाँड़ापारि घामै डुबिगो चारै दिशा घोर अन्धकार भो) (२)
(लौन अन्धकारमा मलाई ज्योति देऊ) (२)

Prashansa Hos Paramprabhuko
प्रशंसा होस्‌ परमप्रभुको

को. प्रशंसा होस्‌ परमप्रभुको जसले सबै सृजनुभो
माया गरी जीवन दिनु भो (२)
१. आकाश उनैको सृष्टि हुन्‌, यो संसार सृजने उनै हुन्‌
प्राणी र उड़ने चरा-चुरूंगी बादलु बर्षे बुहार
यो घाम यो जून तारा लहर ।
२. सत्य, अगुवाई गर्नुभो विश्वास संसारलाई दिनु भो
बाटो र सत्य जीवन ख्रीष्ट केवल येशू हुन्‌
उनमा छ आनन्द शान्ति आनन्द ।

Prashansako Yogya Mahan
प्रशंसाको योग्य महान

(प्रशंसाको योग्य महान ईश्वर
आराध्नाको योग्य महान प्रभु) (२)
(स्वर्गमा बिराजमान हुनुहुने प्रभु) (२)
(तपाईलाई प्रशंसा तपाईलाई महिमा) (२)
(तपाईको नाउँको प्रशंसा गर्छु तपाई कै गुणको
तपाई नै राजा तपाई नै प्रभु सम्पुर्ण संसारको) (२)
(प्रशंसाको योग्य महान ईश्वर
आराध्नाको योग्य महान प्रभु) (२)
(स्वर्गमा बिराजमान हुनुहुने प्रभु) (२)
(तपाईलाई प्रशंसा तपाईलाई महिमा) (५)

Fariya Mathi
फरिया माथि

को. फरिया माथि (चौबन्दी चोली) (२) गाजलु आँखैमा
घुमीघुमी नाचिदेऊ न, मादलुको समला भाकैमा
हा... हा... हा...
१. बादलुको माथि माथि उडिरहुँ जस्तो लाग्छ (२)
हराइरहु जस्तो लाग्छ (२)
सँगैसँगै येशूको साथैमा, सँगै सँगै उनैको साथैमा
हा... हा... हा...
२. अनन्तको जीवन दिने परमेश्वरको वचन राम्रो (२)
अटल अनि सत्य राम्रो (२)
स्वर्गीय राज्य कति रमाइलो (२)
फरिया... भाकैमा

Farki Aaudena Samay
फर्की आउदैन समया

फर्की आउदैन समया ठिकै हो यो,
फर्की आउदैन खोला जो बगी गयो
फर्की आउदो रहेछ तर येशूको ऋतु,
धैर्य रहेछ उनको प्रेममा
म जान्छु भन्दा बिबस बनाइ रोक्नुहुन्ना रहेछ
आफ्नो हृदय दुखाइ दुखाइ जान दिनु हुँदो रहेछ
फेरी मेरो अधर्मको चोट सहि सहि पनि
म आउने बाटो हेर्नु हुँदो रहेछ
म जदिना जना सक्दिन फर्केर फेरी
माफी पाउन अयोग्य छु लथालिंगै छु
भनि सोच्दा उनि आइ सबै भुल क्षमा गरि फेरी
कहिले त्यसलाई नसम्जिदो रहेछ
कसैलाइ भनि सुक्दैना भित्रको आसुँ
मरुभूमिमा जब लाग्छ कसरि बाचूँ
हिउँ बनि झर्दो रहेछ येशूको कृपा
धनि रहेछ उनि प्रेममा

Baddei Badei Jau
बड़्दै-बड़्दै जाऔँ

को. (बड़्दै-बड़्दै जाऔँ पछि नहटौँ,
क्रूसको झण्डा काँधमा लिई, अघि बड़्दै जाऔँ) (२)
१. (सेना हामी ख्रीष्टका हौ, युद्ध गर्दै जाऔँ,
कनान देशको बाटोमा सब कदम बढ़ाऔँ) (२)
कदम बढ़ाउँदै जाऔँ, बैरीलाई हराऔँ
कनान देशमा हामी सब जयवन्तको गीत गाऔँ ।
२. (कप्तान हाम्रो सेनाको ख्रीष्ट आफै हुन्‌
तरवार हाम्रो आत्माको, झिलम धर्मको) (२)
सायता उनी गर्छन्‌ जीवन संग्राममा
दैनिक जीवनको हाम्रो कदम-कदममा ।
३. (बैरी धेरै भए, हमी तै हरेस नखाऔँ
जयवन्त शक्ति पाउनलाई ख्रीष्ट शरणमा जाऔँ) (२)
शत्रुलाई हराऔँ, झण्डा फर्फराऔँ
हृदय हाम्रो नवीन जोशले भराउँदै जाऔँ ।

Batasaile Udai Lagecha
बताशैले उडाई लगेछ

बताशैले उडाई लगेछ ख्रीष्टको माया सङ्गाल्दैछु
हे हे हे हे (२) ला ला ला ला (२) लै लै लै लै
१. येशू हिँडने गोरेटोमा अब म पनि सधैं हिँडनेछु (२)
बाधाहरु आएता पनि ख्रीष्टको निम्ति अघि बढनेछु (२)
हे हे हे हे (२) ला ला ला ला (२) लै लै लै लै
२. पवित्र आत्माको भरपुरीमा गाँउ गाँउ शहरमा पुग्नेछु (२‌)
ख्रीष्टको सन्देश सबलाई सुनाउँदै
ख्रीष्टको निम्ति गवाही बन्नेछु (२)
हे हे हे हे (२) ला ला ला ला (२) लै लै लै लै

Ban Pakha Gunjai
बन पाखा गुन्जाई देऊ

को. बन पाखा गुन्जाई देऊ है मुक्तिको एउटा गीतले
सत्यको सन्देश भनिदेऊ गीतको भाकाले (२)
१. पापको श्राप मेट्नलाई येशूजी आउनु भयो
मान्छेलाई नयाँ रूप दिन रगत बहाउनु भयो (२)
स्वर्गको ढोका खोलेछ उनैको कृपाले
माया गरेर पापीहरूलाई उनैले बचाए
बताइदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई, सम्झाइदेऊ सबैलाई
२. हारेको जीवन छैन यहाँ अन्धेरी जगतमा
बेमोल छैन मान्छे सब धरतीको आँगनमा (२)
खोज्नेहरूलाई जीवन छ कलभरी पाखामा
के नै पो थियो, मान्छेको मोल आफ्नै आँखामा !
बताइदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई, सम्झाइदेऊ सबैलाई

Bisram Linchhu Bhanne
बिश्राम लिन्छु भन्ने

को. बिश्राम लिन्छु भन्ने ए भरिया दाई
बिश्राम दिने चौतारी येशू मात्र हुन्‌ (२)
१. थाकिसक्यो शरीर तिम्रो
चुहाँउदै निधारको पसिना (२)
ध्यान छ तिम्रो बिश्राम लिने
कुनै सजिलो चौतारीमा
प्यास लाग्यो भन्ने ए भरिया दाई
प्यास मेट्ने त्यो पानी येशू मात्र हुन्‌ (२)
२. चिरि सक्यो पैतालो तिम्रो
घोच्दैछन्‌ झन्‌ काँडाले (२)
आशा छ तिम्रो थामी दिने
कुनै दयालु हितौषीको
बिश्राम लिन्छु ... ॥

Bhajau Mitho Naam
भजौँ मीठो नाम

को. भजौँ मीठो नाम, प्रभु येशू नाम,
प्यारो प्रभु येशूलाई, गरौँ आदर मान
भजौँ मीठो नाम
१. सारा भूलोक भरका पापीहरूलाई, येशू मात्र छन्‌ शुद्ध गर्नलाई (२)
उनको मीठो वाणी सुन मन मगाई, चढ़ाउँदै हृदय भेटी उनलाई
(हा हा) (२) भजौँ मीठो नाम ।
२. येशू हाम्रो लागि संसारमा आए, हाम्रो आत्मालाई अति प्रेम गर (२)
क्रूसमा कोखाबाट रगत बगाए, धुनलाई हाम्रो पापी हृदय
(हा हा) (२) भजौँ मीठो नाम ।
३. नरकभन्दा ठूलो दण्ड केही छैन जहाँ सधैँ आगो, गन्धक निभ्दैन (२)
फर्कौं आज सबै चढ़ाऔँ ख्रीष्टलाई मन, रमाउँदै गरौँ उनको भजन
(हा हा) (२) भजौँ मीठो नाम ।

Bhagera Kaha Jaau
भागेर कहाँ जाउ

भागेर कहाँ जाउ म, अन्त्यमा तपाई नै चायिन्छा
लुकेर कहाँ लुकु म,ज्योति तपाई नै हुनुहुन्छा (2)
आकाशमा पनि तपाई, गैराईमा पनि तपाई
यो भिडमा पनि तपाई, एकान्तम पनि तपाई
येशु हुनुहुन्छा

Bijay Bhana Mandali
बिजय भन मण्डली

लै बरी लै बरी लै बरी लै लै (२) हो... हो... हो...
बिजय भन मण्डली उनको राज्य आएको छ
येशू हाम्रो माझमा महिमीत बन्नुभएको छ (२)
हात उठाई स्वर खोली आनन्दले गाइदेउ
एकतामा एउटै प्रेममा येशू नाउँमा आइदेउ हो... हो... हो...
२. उनको वचनको शक्तिले बन्धनहरु खोलिएको छ
मेरो थकित आत्माले नयाँ उमङ्ग पाएको छ (२)
ताली बजाई खुट्टा हल्लाई आनन्दले नाचीदेउ
एकतामा एउटै प्रेममा ख्रीष्ट नाता गाँसीदेउ हो... हो... हो...
लै बरी लै बरी लै बरी लै लै (२) हो... हो... हो...

Ma Euta Jhareko Pat
म एउटा झरेको पात

को. म एउटा झरेको पात जस्तै तर प्रभुले उठाउनुभयो (२)
१. म अन्धकारमा हिँड़ेर लड़्दै थिएँ
म बाटो विहीन भएर हिँड़्दै थिएँ (२)
उज्यालो ज्योति दिई येशूले लिनको निम्ति आउनुभयो
२. म संसारको दरिलो बन्धनमा परेको थिएँ
म पापको दास बनेर मर्दै थिएँ (२)
पापको बन्धन तोड़ी येशूले अनन्त जीवन दिनुभयो ।

Ma Ta Gayera Garchu
म त गाएर गर्छु

को. म त गाएर गर्छु प्रशंसा प्रभुको
म त गाएर गर्छु प्रशंसा (दुइ दिने छोटो जीवनमा) (२)
म त नाचेर गर्छु महिमा प्रभुको
म त नाचेर गर्छु महिमा (भोलि फेरि पाइन्छ पाइन्दैन)
(२‌) बाजा बजाई गर्छु आराधना प्रभुको
बाजा बजाई गर्छु आराधना (आनन्दित भई उनके प्रेममा)
(२) १. एउटा सुन्दर फुललाई हेर बास्ना छरि गर्छन महिमा (२)
माथिको त्यो झर्नालाई हेर (२) फर-झर झरी गर्छ महिमा (२)
२. हाम्रो सगरमाथालाई हेर विश्वमा अग्लो भई गर्छ महिमा (२)
जङ्गलको त्यो मयुलाई हेर (२) नाची नाची गर्छ मरिमा (२)

Ma Bachunjel
म बचुन्‌ जेल

को. (म बचुन्‌ जेल परमप्रभुको प्रशंसा गर्नेछु
जिवन रहुन्‌ जेल परमप्रभुको स्तुति गर्नेछु) (२)
१. (राजाहरू माथि भरोसा नगर, मनिसहरू माथि पनि) (२)
तेसको सास निस्किहल्छ, माटैमा मिलिहल्छ
माटैमा मिलिहलदछ
२. (याकुबका परमेश्वरलाई सायक बनाउने, सधै भरि सुखि हुन्छ) (२)
जस्को आसा परमप्रभु
(तिन्का परमेश्वरमा हुन्छ) (२)

Ma Hu Euta Ritto Bhado
म हुँ एउटा रित्तो भाँड़ो

को. म हुँ एउटा रित्तो भाँड़ो, फुस्रो माटोले बनेको,
कुटी-पिटी, काटी-छाँटी, तपाईंको इच्छाअनुसारको
भाँड़ो मलाई बनाउनुहोस्‌ (२)
१. म छु मैलो कट्कटेको, सर्वाङ्ग मेरो धुनुहोस्‌ (२)
तपाईंको गुणले भरेर, बल्दो साक्षी बनाउनुहोस्‌ (२)
२. पवित्रात्मा पलपलमा मलाई नम्र तुल्याउनुहोस्‌ (२)
कदम-कदममा डोर्याउँदै, प्रार्थनाको जीवन दिनुहोस्‌ (२)
३. येशू तपाईंको भाँड़ो हुँ, अति थकित र कमजोर छु (२)
तपाईंको सामर्थी हातले, समातेर चलाउनुहोस्‌ (२)

Maan Yo Mandaina
मन यो मान्दैननि

को. मन यो मान्दैननि राजै मन यो मान्दैन
येशूको निम्तिन गाए सम्म मन यो मान्दैन
दिल यो मान्दैननि राजै दिल यो मान्दैन
येशूको निम्तिन नाचे सम्म दिल यो मान्दैन
१. (गाउ है च्याङ्बा दिलै खोलि, नाचिदेऊ न कम्बरभचि) (२)
(छैन यो मौका अरु कसैलाई, मात्र हामिलाई) (२)
शान्ति नै छैन नि मलाई शान्ति नै छैन
येशूको निम्ति नगाए सम्म शान्ति नै छैन ।
आरामै छैन नि मलाई आरामै छैन
येशुको निम्ति ननाचे सम्म आरामै छैन ।
२. (गाउ है च्याङ्बा ताली बजाई,
सोरमा सोर मिलाई) (२)
(छैन यो मौका अरु कसैलाई, मात्र हामिलाई) (२)

Mansudh Parnalai
मन शुद्ध पार्नलाई

१. मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के, ख्रीष्टको रगतले शुद्ध भयौ के ?
पूरा भयोसा येशूमा राख्छौ के, ख्रीष्टको रगतले शुद्ध भयौ के ?
को. तिमी शुद्ध भयौ के त्राणकर्ता येशूको रगतले ?
तिम्रो मन साँच्चै निष्कलंक भयो के येशूको त्यो अमोल रगतले ?
२. दिनहुँ तिमी येशूसाथ-साथ हिँड़्छौ के उनको रगतले शुद्ध भयौ के ?
येशूको आनन्द तिमीले पायौ के ख्रीष्टको रगतले शुद्ध भएर ?
३. ख्रीष्ट आउँदा तिम्रो लुगा साफ होला के
ख्रीष्टको रगतले साफ र उज्ज्वल ?
तिमी स्वर्ग जानलाई तयार छौ के ख्रीष्टको रगतले शुद्ध भएर ?
४. पापको दाग लागेको वस्त्र फुकाइदेऊ ख्रीष्टको रगतले शुद्ध हुन आऊ
पापी मन चोख्याउने धारा बग्दैछ ख्रीष्टको रगतले शुद्ध होइजाऊ ।

Malai Yeshu Sarai
मलाई येशू सारै नै

(मलाई येशू सारै नै मन पर्छ
मलाई येशू साच्चै नै मन पर्छ) (२)
येशू तपाईंमा जीवन छ, येशू तपाईंमा मुक्ति छ
(तपाईं राजाहरुक राजा, तपाईं प्रभुहरुका प्रभु) (२)
येशू मलाई येशू...
येशू तपाईंमा शान्ति छ, येशू तपाईंमा आनन्द छ
(तपाईं राजाहरुक राजा, तपाईं प्रभुहरुका प्रभु) (२)
येशू मलाई येशू...
येशू तपाईंमा शाक्ति छ, येशू तपाईंमा चंगाई छ
(तपाईं राजाहरुक राजा, तपाईं प्रभुहरुका प्रभु) (२) येशू मलाई येशू सारै नै मन पर्छ
मलाई येशू साच्चै नै मन पर्छ

Mahan Ishwor Bicharchhu
महान्‌ ईश्वर बिचार्छु

१. महान्‌ ईश्वर, बिचार्छु काम तपाईंको, अचम्मको जो सृष्टि गर्नु भो’
हेर्छु तारा, सुन्छु गर्जन डरलाग्दो, प्रकट सामर्थ संसारमा तपाईंको ।
को. (प्रशंसा होइरहोस्‌ ईश्वरको, कति महान्‌, कति महान्‌) (२)
२. पहाड़-पर्वत, जंगल म जब घुम्छु, पक्षीहरू म सुन्छु गाएक
सुन्दर पहाड़देखि म तल हेर्छु, कलकल आवाज खोलाको सुन्दछु ।
३. जब पिताले एकलौटे पुत्रलाई पठाए जगमा पाप उठाउनलाई
मेरो बदली क्रूसैमा उनी चढा उद्धार मेरो गरे रगत बहाई ।
४. जयध्वनिसाथ येशू संसारमा आउँछन्‌,
वहाँ असीम आनन्दसाथ लैजान्छन्‌
विनम्रसाथ उनलाईवहाँ पुज्नेछु, महान्‌ ईश्वरको गर्छु प्रशंसा ।

Mahan Prabhu
महान्‌ प्रभु

को. महान्‌ प्रभु अति उच्चमा दूतगणले गर्छन्‌ महिमा
हे प्रभु तपाईंको मण्डली आराधना गर्छौ तपाईंलाई
१. प्रेमको ठूलो रहस्यलाई, महिमा गौरवको त्यागलाई (२)
सम्झन्छु क्रूसको दुःखलाई, अर्पन्छु सर्वाङ्ग तपाईंलाई (२)
२. आउनु भो’ प्रभु हाम्रो माझमा, जड़िएको मन मन्दिरमा (२)
भरपूर छु, भरिइरहन्छु, झन्‌ नजीक हुन चाहन्छु (२)
३. महिमा, आदर र धन्यवाद सर्वदा गर्दछु दण्डवत्‌ (२)
तपाईंको गम्भीर प्रेमको सागरमा डुबेँ प्रभु म (२)

Mahima Dinechhu
महिमा दिनेछु

महिमा दिनेछु प्रशंसा गर्नेछु
स्तुति चढाउनेछु सधैं म तपाईंलाई
मेरा यी ओंठले सधैं म गाउनेछु
गीत तपाईंको बाँचुञ्जेलसम्म
सिंहसानमा विराजमान प्रभु
मेरो पापलाई उठाई लाने
मेरो क्रुसलाई आफै बोकी
मृत्युलाई जिती मलाई बचाए

Mahima Mariyeko Thuma
महिमा मारिएको थुमालाई

को. महिमा मारिएको थुमालाई प्रशंसा प्रभुहरूका प्रभुलाई
जयजयकार राजाहरूका राजालाई (२)
१. धन्यवाद, स्तुति, आदर र भक्ति मारिएको थुमालाई अति (२)
(इज्जत, मान, बैभव र शक्ति) (२)
अति (पवित्र) (३) (ईश्वरप्रति) (२)
२. होसन्ना आमिन्‌, गौरव र गीति मारिएका थुमालाई अति (२)
(प्रणाम, ढोग, दण्डवत्‌ दृष्टि) (२)
ल्याउँछौँ (विजयी) (३) (ईश्वरप्रति) (२)

Mahima Ra Prashansa
महिमा र प्रशंसा

को. महिमा र प्रशंसा येशू राजालाई
सुख शान्ति आनन्दीदियो आज हामीलाई (२)
१. जयजयकार र प्रणाम छ येशू तिमीलाई
स्वर्ग छोडी ओर्ली आयो खोज्दै हामीलाई (२)
धन्य होस्‌ त्यो नाउँ गाउदै स्तुति गान (२)
येशू नाऊ जयजयकार
२. खोला नाला डाँड़ा काडा भञ्ज्याडहरूमा
सारा सृष्टि रमाउछ तिम्रै नाउँमा (२)
सारा विश्वमा तिम्रै माहिमा (२)
येशू नाउँको जयजयकार

Mukut Pahiraunchhu Thuma
मुकुट पहिर्याउँछौँ

(मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२)
तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र
हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई (२)

Mukti Chha Hamro Prabhuma
मुक्ति छ हाम्रो प्रभुमा

१. मुक्ति छ हाम्रो प्रभुमा, जो सिंहासनमा विराजमान्‌ छन्‌
उनै थुमालाई
स्तुति, महिमा, ज्ञान, धन्यवाद, आदर, शक्ति र बल
को. येशूलाई होस्‌ सदासर्वदा (३) आमिन्‌
२. उद्धार पाएकाहरू बलिया हुन्छन्‌ एकतामा घोषणा गर्दै
स्तुति, महिमा, ज्ञान, धन्यवाद, आदर, शक्ति र बल

Mero Hridayako Murtiharu
मेरो हृदयको मुर्तिहरुलाई

१. मेरो हृदयको मुर्तिहरुलाई भत्काइदिहुहोस्‌
र तिनीहरुको बेदिहरुलाई टुकाइदिनुहोस्‌
तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी
तपाई बाहेक अरु छैन्‌ मेरो आत्माको प्रेमी
मेरो शरीरको मोहहरुलाई हटाइदिनुहोस्‌
तपाईको ठाऊँ लिने सबै थोक मेटाउदिनुहोस्‌
तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी
तपाई बाहेक अरु छैन्‌ मेरो आत्माको प्रेमी
येशू तपाईलाई मेरो हृदयको सारा भक्ति
(उचालिनुहोस्‌ सबभन्दा माथि) (२)
२. मेरो हृदयको सिहांसनमा राज गर्नुहोस्‌
मेरो जीवनको तपाई मालिक डोर्याउनुहोस्‌
तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी
तपाई बाहेक अरु छैन्‌ मेरो आत्माको प्रेमी
मेरो हृदयको मुर्तिहरुलाई भत्काइदिनुहोस्‌
र तिनीहरुको बेदिहरुलाई टुकाइदिनुहोस्‌
तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी
तपाई बाहेक अरु छैन्‌ मेरो आत्माको प्रेमी
येशू तपाईलाई मेरो हृदयको सारा भक्ति
(उचालिनुहोस्‌ सबभन्दा माथि) (४‌)

Mero Hridaye Dastare Baja
मेरो हृदय दस तारे बाजा

मेरो हृदय दस तारे बाजा (२) मेरो जिब्रो भयों बीना आजा
बजौछू धुना म येशुको लागी, गाऊँछू नया गीतमा
(मेरो हृदय दस तारे बाजा (२) मेरो जिब्रो भयों बीना आजा) (२)
(प्रशंसाको गीतले, धन्यवादको धूनले, गुंजाऊ है स्वर्गनै सारा
सारा ब्रमहांडमा, एउटाई छ ज्योति एउटाई येशु मुक्तिदाता) (२)
लौहै नाचौ है कृतज्ञाताको नाच हल्लाई हात सारा
(मेरो हृदय दस तारे बाजा (२) मेरो जिब्रो भयों बीना आजा) (2)
(यरिहोको परखल ढलदै छ हेरा प्रशंसाको हर झंकारमा
लाल समुनदरमा बनदैछ बाटो परमेश्वर हाम्रो साहरा) (२)
आयेको छ है छुटकाराको मौसम बिजयको घोषणा गरा
(मेरो हृदय दस तारे बाजा (२) मेरो जिब्रो भयों बीना आजा)(२)
बजौछू धुना म येशुको लागी गाऊँछू नया गीतमा
हे———— मेरो हृदय दस्तारेबाजा मेरो जिब्रो भयों बीना आजा

Maile Nischai Garekochhu
मैले निश्चय गरेको छु

को. मैले निश्चय गरेको छु रमाउन येशूमा
मैले निश्चय गरेको छु विश्वास गर्न उनैमा (२)
१. (चाहे दाखको बोटमा कुनै फूल नफुलोस्‌
चाहे मेरो जीवनमा कुनै सुधार नहोस्‌) (२)
२. (चाहे हाँस्न परोस्‌ चाहे रुन परोस्‌
चाहे बाँच्न परोस्‌, चाहे मर्न परोस्‌) (२)
३. (चाहे खाँचो परोस्‌, चाहे प्रशस्य होस्‌
चाहे मेरो जीवनमा कुनै सुधार नहोस्‌) (२)
४. (परमप्रभु नै मेरा सहारा हुन्‌
परमप्रभु नै मेरो जीवनको ज्योति हुन्‌) (२)

Maile Maya Lako Chhu
मैले निश्चय गरेको छु

मैले माया लाको छु, अटुट सम्बन्द मैले गासेकोछु (२)
उडु उडु झैँ म भाको छु गुडु गुडु झैँ म भाको छु. (ए ए २)
उनै येशू संग, माया बस्यो उनि संग (२)
भेट भयो उनि संग एक्लो पनमा
दुख कस्ट र पिडाको दोबाटोमा ( हे………… २)
अध्यारो छाइसकेको जिन्दगीमा
ज्योति बनि आएइदियेउ,यो अधेरिमा
अबो उनकै प्रेममा रमाऊँछु
उनकै बचनहरुमा मन लगाऊँछु (हे………….२)
मेरो अन्तिम सांस संगै, जीवन भरि
उनकै पाईलाहरुलाई म पछ्याऊँछु
बस्यो बस्यो है माया, बस्यो येशूको माया
ल है बस्यो है माया, बस्यो येशूको माया
उडु उडु झैँ लाग्यो , गुडु गुडु झैँ लाग्यो
नाचौ नाचौ झैँ लाग्यो, (कम्बर भाचौ झैँ लाग्यो) ३

Mahan Prabhulai Mahima
माहान प्रभुलाइ महिमा

माहान प्रभुलाइ महिमा, परमप्रभुलाई प्रसंसा
यो मेरो जीवनको चाहना हल्लेलुया होसाना २
वर्तमान मेरो तपाइको हातमा, भबिस्य पनि तपाइको साथमा
आनन्दित छु सन्तिमा छु प्रम्प्रभुहरुका प्रभुमा २
सर्वाङ्ग मेरो येशूको हातमा अर्पण गर्छु धन्यवाद साथमा
निस्चित छु निर्धक्क छु राजाहरुको राजामा २

Yevoh Mero Gothalo
यहोवे मेरो गोठालो

को. यहोवे मेरो गोठालो मलाई केही घटी हुँदैन
उनले हरियो खर्कमा मलाई चराउँनेछन्‌ ।
१. सुख चैनको पानीनिर सदैव डोर्याउँनेछन्‌ (२)
मेरो यो तुच्छ प्राणलाई नयाँ तुल्याउँनेछन्‌ ।
२. आफ्नै नाउँको कारण जहीँ गए तापनि (२)
धर्मको सुमार्गमा मलाई अगुवाई गर्नेछन्‌ ।
३. अँ मृत्युको छायाँमा हिँड्नु परे तापनि (२)
रक्षा गर्छन्‌ जहीँ जाऔँ तब किन डराऔँ ।
४. सबै शत्रुको सन्मुख भोज तयार पार्नुहुन्छ (२)
तेलले अभिषेक गरे कचौरा पोखिन्छ ।
५. निश्चय भलाई र कृपा जीवनभरि रहन्छ (२)
यहोवेको स्वर्गधाममा सदैव बास गर्नेछ ।

Yeshu Kristnai Prabhu
येशू ख्रीष्ट नै प्रभु

(येशू ख्रीष्ट नै प्रभु हुन्‌ सब पृथ्वीका प्रभु) (२)
एक मात्र ईश्वर राष्टहरूमाथि, एक मात्र परमेश्वर
अरू नाउँमा छैन त्यो मुक्ति येशू ख्रीष्ट नै सबका प्रभु ।

Yeshu Dhanyavad
येशू धन्यवाद

को. येशू धन्यवाद मैले पुज्नुपर्दैन
न आकाश, न पृथ्वीका आकृतिहरू
तिमीले चिनाइदियौ साँचो परमेश्वरलाई
येशू धन्यवाद ।
१. पहाड़, नदी, जङ्गल र बादल तिम्रै सृष्टि हो (२)
कसरी पुजूँ मैले तिम्रा हातका रचनाहरू ?
तिमीले बताइदियौ आदि-अन्त तिमी नै हौ ।
२. तोडूँ कति मेरो जीवनलाई मुक्तिको खोजीमा (२) पुण्य गरेँ भन्छु, छैन शान्ति मेरो आत्मामा
तिमीले देखाइदियौ बाटो, सत्य र जीवन ।

Yeshu Pardachhan Swatranta
येशू पार्दछन्‌ पूरै स्वतन्त्र

को. येशू पार्दछन्‌ पूरै स्वतन्त्र, कलवरीमा मरे दिन छुटकारा
येशू पार्दछन्‌ पूरै स्वतन्त्र, उनको नाउँको जय;
१. (यसैकारण म गाउँछु) (२) मेरो पाप क्षमा भयो,
स्वर्ग मेरो घर भयो, (यसैकारण म) (३) गाउँछु ।
२. (यसैकारण म खुशी छु) (२) मेरो पाप क्षमा भयो,
स्वर्ग मेरो घर भयो, (यसैकारण म) (३) खुशी छु ।
३. (यसैकारण म नाच्छु) (२) मेरो पाप क्षमा भयो,
स्वर्ग मेरो घर भयो, (यसैकारण म) (३) नाच्छु ।

Yeshu Masih Tere Jaisa
येशू मसीह तेरे जैसा

(येशू मसीह तेरे जैसा कोही नही
तेरे चरणों में झुके आसमा और महिमा गाहे जमी) (२)
(हाम गाहे होसाना राजा वोका हे राजा तेरी महिमा
होए सदा तु हे प्रभु हामारा खुदा) (२)
(प्यारे पिता तुने हमसे इतिना प्यार किया
हामे पापोसें चुरानेको आफ्ने बेटेको कुर्वान किया) (२)
हाम गाहे...

Yeshu Masih Tapai Jasto
येशू मशिही तपाई जस्तो

(येशू मशिही तपाई जस्तो छैन कोहि
आसमान झुक्छ तपाइको अघि, महिमा गुच्छा सारा पृथ्वी) २
हामी गौछौ होसंना, राजा हरु का तपाई राजा
तपाइको महिमा होस् सदा, तपाई प्रभु हाम्रो राजा
प्यारो पिता कति माहान प्रेम गर्नु भो
हामीलाई पाप बाट छुटाउन लाई
आफ्नो पुत्र बलि दिनु भो (२)
हामी गौछौ होसंना राजा हरु का तपाई राजा
तपाइको महिमा होस् सदा तपाई प्रभु हाम्रो राजा

Yeshu Yeshu
येशू-येशू

१. येशू-येशू, मेरो जीवनको स्वामी,
येशू-येशू, मेरो जीवनको किल्ला (२)
धन्यवादको भेटी लिई आउँदछु,
तपाईंको त्यो चोकभित्र (२)
ताली बजाउँदै (४)
२. येशू-येशू, मेरो जीवनको राजा,
येशू-येशू, ख्रीष्ट मेरो मुक्तिदाता (२)
हल्लेलूयाह गाउँदै म आउँदछु,
अनुग्रहको सिंहासनअघि (२)
पवित्र हात उचाल्दै (४)

Yeshu Hami Uchalchhau
येशू हामी उचाल्छौँ

येशू हामी उचाल्छौँ, राजा घोषणा गर्दछौँ
तपाईंलाई हाम्रो बीचमा प्रशंसासाथ उचाल्दछौँ
(हाम्रो स्तुतिमा राज गर्नुहोस्‌) (३) आउनोस्‌ येशू, राज गर्नुहोस्‌ (२)
(हाम्रो स्तुतिमा राज गर्नुहोस्‌) (३) आउनोस्‌ येशू, राज गर्नुहोस्‌ (२)
आउनोस्‌ येशू, (हल्लेलूयाह आ आमिन्‌) (२)
हल्लेलूयाह गरौँ, उनलाई स्वागत गरौँ, स्तुतिको गीत गाउँदै
हल्लेलूयाह भन्दै, (हल्लेलूयाह आ आमिन्‌) (२)

Yeshuko Chhatima
येशूको छातीमा

को. (येशूको छातीमा ढुक्ढुकिने, येशूको आँखैमा बसिरहने) (२)
प्राणभन्दा प्यारो छ आफ्नो रगतले किनेको साइनो
माया यो क्रूसको कहिले नमेटिने
१. (मण्डली हामी हौँ ख्रीष्ट येशूको, दुलही हामी हौँ ख्रीष्ट प्रभुको) (२)
सम्बन्ध गहिरिएको मन मुटु खिलिएको, प्रेमले उनको कहिले नटुट्ने यो
(ए नी ल है) (२) भयौं भेला फेरी आज, नी ल है आए येशू हाम्रो माझ
(ए नी ल है) (२) गायौं गीत प्रेमको आज, नी ल है दिलको राजा येशू राजा
२. (शरीर हामी हौँ ख्रीष्ट येशूको, शिर हुनुहुन्छ वहाँ हाम्रो) (२)
आपसमा गाँसिएको जीवनले भरिएको, प्रभावले यसको संसारै ढाकिने भो
(ए नी ल है) (२) भयौं भेला फेरी आज, नी ल है आए येशू हाम्रो माझ
(ए नी ल है) (२) गायौं गीत प्रेमको आज,नी ल है दिलको राजा येशू राजा

Yeshuko Nimti Ma Gaunchhu
येशूको निम्ति म गाउछु

येशूको निम्ति म गाउछु येशूको निम्ति म रमाउछु
नाच्छु म गाउँछु म रमाउछु (२)
उनै येशूकोनिम्ति उनै प्रभुको निम्ति
ओ मेरो येशु को निम्ति ओ मेरो प्रभु को निम्ति
जीवन पाए खुसि पाए आनन्द पाए
शान्ति पाए उनै येशूमा (२)
येसैले गाउँछु येसैले नाच्छु (२)
उनै येशुको निम्ति, उनै प्रभुको निम्ति
ओ मेरो येशूको निम्ति ओ मेरो प्रभु को निम्ति
येशूको निम्ति म गाउछु येशूको निम्ति म रमाउछु
नाच्छु म गाउँछु म रमाउछु (२)
उनै येशुको निम्ति उनै प्रभुको निम्ति
ओ मेरो येशूकको निम्ति ओ मेरो प्रभु को निम्ति
साहारा पाँए छुटकारा पाँए मुक्ति पाँए
आशा पाँए उनै येशूमा (२)
येसैले गाउँछु येसैले रमाउछु (२)
उनै येशूको निम्ति, उनै प्रभुको निम्ति (२)
ओ मेरो येशूको निम्ति ओ मेरो प्रभुको निम्ति
येशूको निम्ति म गाउछु येशूको निम्ति म रमाउछु
नाच्छु म गाउँछु म रमाउछु (२)
उनै येशूको निम्ति उनै प्रभुको निम्ति
ओ मेरो येशूको निम्ति ओ मेरो प्रभु को निम्ति

Yeshuko Pachi येशूको पछि

१. येशूको पछि म हिँड़्न लागेँ दुनियाँलाई त्यागी क्रूस नै बोकी
येशूको पछि म हिँड़्न लागेँ (फर्कंदिनँ, फर्कंदिनँ) (२)
२. आमाले मलाई, बुबाले मलाई, सबैले मलाई त्यागे तापनि ।
येशूको पछि म हिँड़्न लागेँ फर्कदिन (फर्कंदिनँ, फर्कंदिनँ) (२)
३. माटोको मेरो क्षणभङ्गुर शरीर, माटैमा फेरि नमिलेसम्म ।
येशूको पछि म हिँड़्न लागेँ (फर्कंदिनँ, फर्कंदिनँ) (२)

La Jauhai Siyonsamma
ल जाऊँ है सियोनसम्म

१. ल जाऊँ है सियोनसम्म (३) येशूको नगरमा
को. ज्य हल्लेलूयाह (३) आनन्द मनाऊँ ।
२. सियोनको राजा येशू (३) राज गर्दै जाऊँ
३. प्रेमी छन्‌ सियोनमा (३) प्रेम गर्दै जाऊँ
४. नाच्दै जाऊ सियोनमा (३) प्रेमी येशूकहाँ

Linus Tan
लिनोस्‌ तन

लिनोस्‌ तन, अर्पन्छौँ लिनोस्‌ मन,
चढाउँछौँ लिनोस्‌ धन, पिता (तपाईंकै हौँ) (२)
तपाईंकै शुरु देखि छनेका, तपाईंकै ख्रीष्टको रगतले किनेका
तपाईंकै आत्माको छाप लागेका, (तपाईंकै हौँ) (२)

Lau Daju Sunana
लौ दाज्यू सुनन

को. लौ दाज्यू सुनन, लौ बहिनी सुनन, येशूको वचन
मनैमा गुनन, बुझिराख हृदयमा, चिनिराख येशूलाई (२)
१. कलवरी डाँड़ामा त्यो एउटै क्रूसैमा (२)
मुक्तिदाता येशूको त्यो शुद्ध रगतमा
त्यो मुक्ति तिम्रैलागि हो । ओ (२)
२. जीवन हाम्रो छोटो छ है, लामो जीवन येशूमा (२)
बुझिराख आज नै, नत्र भोलि समय छैन
हाम्रो येशू आउनै लागेछन्‌ । ओ (२)

Lau Suna Sathi
लौ सुन साथी

को. लौ सुन साथी, सत्यको वाणी, यो तिम्रै लागि हो,
गरीब-धनी सबैको लागि, जीवनको पानी हो,
ईश्वरको पुत्र, आएथे धरती, कोहीले चिनेन
पापीलाई मुक्तिदान दिन मरे, यो कुरा बुझ लौ
१. माया र मोह बाँचुन्जेलसम्म, संसारमा दुइ दिनको,
धर्म र कर्म, सबै व्यर्थ छन्‌, यो तिमी बुझ लौ (२)
शिरमा मुकुट काँड़ाको लाई, झुण्डिए क्रूसमा
पापीलाई मुक्तिदान दिन मरे, यो कुरा बुझ लौ ।
२. बाँच्नलाई मान्छे सधैँ नै खोज्छ, जीवनको सहारा
पापको वशमा डुबेको मान्छे, एउटै छ किनारा (२)
बाटो र सत्य, जीवन छ है ख्रीष्ट येशू प्रभुमा
विश्वास गरी, हे मेरा साथी, जीवन लेऊ उनैमा ।

Hridaya Bhariko Dhanyavad
हृदयभरिको धन्यवाद

हृदयभरिको धन्यवाद चढाई रहन्छु प्रभुलाई २
मैले प्रभुलाई चुनिन तर चुन्येउ मलाई २
म पापीले पनि उदार पाउन सके २
स्वोरगीय राजको म एक भएँ २
हृदयभरिको धन्यवाद चढाई रहन्छु प्रभुलाई २
येति महान प्रेम प्रभुको बर्नान्नै गर्न नसक्ने २
बिर्सन म त्यो गुणलाई गरेउ म पापी प्रति २
यसै कारण म प्रभुको प्रसंशा गर्छु २
हृदयभरिको धन्यवाद चढाई रहन्छु प्रभुलाई २

Shantamaya Raat
शान्तमय रात

१. शान्तमय रात, शान्तमय रात, येशू ख्रीष्ट कृपानाथ
विश्वका सर्वश्रेष्ठ तारणहार
लिए गोठैमा सत अवतार, (बेथलेहेम शहरमा) (२)
२. शान्तमय रात, शान्तमय रात, जयजय गाऔँ दूतगणसाथ,
बालक सुन्दर जन्मेका छन्‌
बालक ईश्वरका पुत्र हुन्‌, (येशू हो उनको नाउँ) (२)
३. शान्तमय रात, शान्तमय रात, येशू ख्रीष्ट हर्षसाथ,
आए स्वर्गदेखि जगत्‌मा
पापी मानिसको खोजीमा (स्वागत गरौँ उनलाई) (२)

Shanti Diney Mero Yeshu
शान्ति दिने मेरो येशू

१. शान्ति दिने मेरो येशू, आनन्द दिने मेरो येशू
जीवन दिने मेरो येशू, मलाई येशू चाहिन्छ (२)
(मेरो आँखाको नानी तपाईं, मेरो मुटुको धड्कन तपाईं) (२)
ला... ला... ला...
२. साङ्गला खोल्ने मेरो येशू, जुवा भाँच्ने मेरो येशू
बन्धन तोड्ने मेरो येशू, मलाई येशू चानिन्छ (२)
(मेरो आत्माको शक्ति तपाईं, मेरो जीवनको ज्योती तपाईं) (२)
ला... ला... ला...
३. चङ्गाई गर्ने मेरो येशू, मुक्ति दिने मेरो येशू
माया गर्ने मेरो येशू, मलाई येशू चाहिन्छ (२)
(मेरो जीवनको कप्तान तपाईं, मेरो विश्वासको चट्टान तपाईं)
(२) ला... ला... ला...

Sikhar Haru Hiule
शिखरहरू हिउँले

को. शिखरहरू हिउँले ढाकेझैँ,
यो भूमिलाई वचनले ढाक्नैपर्छ
किनारहरू बालुवाले ढाकेझैँ,
यो पुस्तालाई येशू चिनाउनैपर्छ (२)
१. (निराशा छन्‌ पहाड़मा साइँला-माइलाहरू
अशान्त छन्‌ तराईमा सानी-ठूलीहरू) (२)
(चौबाटोमा सबैजना बाटो खोजिरहछन्‌
येशू नपाई मान्छेहरू मृत्यु पर्खिरहेछन्‌) (२)
२. (रोएका छन्‌ शहरमा घर-घरानाहरू,
भुलेका छन्‌ पापैमा हाम्रा मानिसहरू) (२)
(दोधारमा सबैजना अल्मलिरहेका छन्‌,
येशू नपाई मान्छेहरू मृत्यु पर्खिरहेकछन्‌) (२)

Satya K Ho
सत्य के हो

सत्य के हो हामीले चाल पायौं हामीले चाल पायौं
स्वर्ग जाने मुल बाटो भेट्टायौं उद्धार आज छ
यो जीवन स्वर्गमा निश्चय जानेछ (२)
१. धानको बाला आलिमा लरबर आलिमा लरबर
येशूको माया सबैलाई बराबर सुन यो खबर
यो खबर सुनेर निर्णय सरासर (२)
२. दाजु भाई हे दिदि बहिनी हे दिदि बहिनी
आज सुनी भोली त के होली जीवन छोटो छ
यो पापी संसारमा बाँच्न गाह्रे छ (२)
३. येशू हाम्रो स्वर्गको साँचो स्वर्गको साँचो
येशू बिना यो जीवन अधुरो सम्झ नुझन
आत्मालाई बचाउन गाह्रो नमान (२)

Satya Sundar
सत्य, सुन्दर, सिद्ध

को. सत्य, सुन्दर, सिद्ध मानिस हुनुहुन्छ प्रभु ख्रीष्ट (२)
उहाँसँग साटेँ मैले अनन्त-अनन्तलाई चोखो प्रीत
१. सिद्ध ईश्वर, सिद्ध मानिस, मेरो जीवन स्वामीलाई (२)
अन्तरात्मादेखि श्रद्धा, भक्ति छ तपाईंलाई ।
२. तपाईं मेरो, म तपाईंको, अनन्तलाई हाम्रो प्रीत (२)
दुःख-सुखमा दिलोज्यानले, रात-दिन गाउँछु ख्रीष्टको गीत ।

Samayko Huribatasle
समयको हुरी बतासले

को. समयको हुरी बतासले उढाई लैजाला तिमीलाई आज
समयको अन्तिम घडीमा तिम्रो जीवन मरी नै जाला
जीवन ख्रीष्टमा दिएर आज नै आफ्नो आत्मालाई जोगाइराख है
१. प्रधान दुतको आवाजमा परमेश्वरको तुरहैको साथ
आउने छन प्रभु बादलमा निज हिरालाई बटुल्न (२)
ख्रीष्टमा पहिलो निदाउने सँगै प्रभु भेट्न बादलमा जानेछन्‌
२. हामी ज्योतिका सन्तान हौ भनी नसुतौ सबै जागा रहौ
जब प्रभु आउनु हुने छन स्वर्गमा साथ लानलाई (२)
महिमा साथ हामीलाई लानेछन्‌ अनन्तसम्म साथ राख्नलाई (२)

Sabai Devharu Bhanda Mahan
सबै देवहरु भन्दा माहान

(राजाहरुका राजा प्रभुहरुका पर्भु
सबै देवहरु भन्दा माहान येशू) २
तपाईको कृपामा, तपाइको सुन्दरतामा
तपाइको सत्यतामा म रमौछु
मेरो उठ्ले सदा मेरो हृदयले सदा
तपाइको स्तुति म गाऊनेछु
(राजाहरुका राजा प्रभुहरुका पर्भु
सबै देवहरु भन्दा माहान येशू) २
उहाको कृपामा, उहकको सुन्दरतामा
उहाको सत्यतामा म रमौछु
मेरो उठ्ले सदा मेरो हृदयले सदा
तपाइको स्तुति म गाऊनेछु

Samjhideu Aja Yeshulai
सम्झिदेऊ आज नै ईश्वरलाई

को. सम्झिदेऊ आज नै ईश्वरलाई, भुलिदेऊ आज नै संसारलाई
भुलेर नजाऊ संसारमा गन्धक र आगो जल्दैछ (२)
१. पाप गर्दै व्यर्थमा हामीले, संसारमा भुलिरहेछौँ
दुनियाँलाई भुलेर आज नै, सम्झिदेऊ आज नै ईश्वरलाई (२)
२. संसारको रीतिरिवाकले दुइ-चार दिन केवल राज गर्छन्‌
तपाईं र मेरा ईश्वरले अनन्त काल तक राज गर्छन्‌ (२)
३. संसारिक धेरै मार्गले डरलाग्दा सागरमा पुर्याउँछन्‌
जीवनको हरेक मार्गमा प्रभुले हामीलाई डोर्याउँछन्‌ (२)

Sarangi Madal Bajau
सारङ्गी मादल बजाउ

सारङ्गी मादल बजाउ जीवन येशूमा सजाउ (२)
महिमा होस्‌ प्रशंसा होस्‌ राजाहरुका राजालाई (२)
१. उचालौं स्वर गाउनलाई ताली सबैले बजाई (२)
महिमा गरौं येशू राजाको हातमा हात मिलाई
मनको ढोका खोलेर नाचौं है आज दिलै खोलेर (२)
२. सारा सृष्टि रामाउँदछ उनैको बाटो हेरी (२)
आउ है हामी पनि पारौं है जीवन तयारी
पुरानो जीवनलाई भुलेर रमाउ नयाँ जीवन लिएर (२)

Sara Sristyko Malik
सारा सृष्टिको मालिक

(ह ह ह हल्लेलूयाह, आमिन्‌)
को. सारा सृष्टिको मालिक तपाईंलाई, सारा सृष्टिको रक्षक तपाईंलाई
हाम्रो हृदय समेतले आदर प्रणाम्‌, सदैव होस्‌ तपाईंको गुणगान
ह ह ह हल्लेलूयाह (७) आमिन्‌
१. (सब संसार टलेर जाने‌छ, टल्ने छैन तपाईंको वचन
बितेर जानेछ यो जीवन, तर विश्वासी मर्दैन कहिले) (२)
२. (नयाँ संसार र स्वर्ग हुनेछ विश्वास गर्ने सबैको निम्ति
प्रशंसा, आदर हुनेछ त्यहाँ हाम्रा परम प्रेमी पितालाई) (२)

Sihasanma Birajman Huney
सिंहासनमा विराजमान्‌ हुने

को. सिंहासनमा विराजमान्‌ हुने परमेश्वरको प्रजा हामी (२)
आऊ उनलाई पुजौँ भक्तिसाथ कहिले छोड़्ने छनन्‌ हाम्रो हात (२)
१. (उहाँको रगतले धोई पखालेको पवित्र जाति
आदर, प्रशंसायोग्य परमेश्वरको पुजाहारी हामी) (२)
सनातन देखि सनातनसम्म (२)
आऊ उनलाई पुजौँ भक्तिसाथ कहिले छोड़्ने छनन्‌ हाम्रो हात
२. (झरी-घाम र छायाको सामना गरौँ हामी
सबै नयँ भएको स्वदेशमा जाने छौँ हामी) (२)
बादल पारिको उहाँको देशमा (२)
आऊ उनलाई पुजौँ भक्तिसाथ कहिले छोड़्ने छनन्‌ हाम्रो हात

Sundarta
सुन्दरता

को. सुन्दरता भ्रमात्मा हुन्छ
औ सुन्दरता उडेर जान्छ (२)
तर परमेश्वरको भय मान्ने स्त्री
आदरणीय हुन्छिन्‌ (२)
१. हातमा कुचो मुखमा प्रार्थना हृदयमा वचन छ
जहाँ गए पनि निशंकोच भन्छिन्‌ येशूमा जीवन छ (२)
साधरण नारीले पनि असाधरण काम गर्छिन (२)
परमेश्वरको भय मान्ने स्त्री आदरणीय हुन्छिन्‌ (२)
२. पिरको आँसु पिएता पनि मुहारमा मुस्कान छ
शरीरमा दु:ख भएता पनि येशूमा सुख छ (२)
निर्बल नारीले पनि बलिदन दिन सक्छिन्‌ (२)
परमेश्वरको भय मान्ने स्त्री आदरणीय हुन्छिन्‌ (२)

Sumpideu Jiwan
सुम्पिदेउ जीवन

को. सुम्पिदेउ जीवन येशूलाई कटकटी भै नबस दाई (२)
बाटो र सत्य जीवन दिनेलाई सुम्पिदेउ जीवन येशूलाई (२)
१. (यस्तो प्रेमीलो येशूलाई किन पो धोका दिन्छौ दाई
येशूले तिमीलाई प्रेम गर्छन्‌ दाई, नभुलौं प्रेमिलो येशूलाई) (२)
२. (अब त बाहना नगर दाई नत्र पछुताउनु पर्ला दाई
जसले येशूलाई पाउछ दाई भाग्यमनी त्यो हुन्छ दाई) (२)

Susandesh Chaa
सुसन्देश छ

को. सुसन्देश छ पापमा डुब्नेलाई जीवन छ ख्रीष्टमा जिउनेलाई
१. सुनन मित्र सुनन प्रभुको वचनलाई सुनन
आज नै सुनौलो समय छ प्रभुमा विश्वास गरन (२)
२. संसारमा बसेर के हेर्नु छ फूल जस्तो जीवन जीएर
माटोको शरीर माटोमै हामी एक दिन मिल्नुपर्नेछ (२)
३. सुनेर विश्वास गर्दैनैँ भने पापको ज्याला मृत्यु हो
रूनु न हाँस्नु हुनेछौँ तिमी प्रभुको दोस्रो आगमनमा (२)

Suryadaya Dekhi
सूर्योदयदेखि सूर्यास्तसम्म

सूर्योदयदेखि सूर्यास्तसम्म प्रभुको प्रशंसा हुनुपर्छ (२)
प्रशंसा गर उनका सबै सेवकहरू हो
उनको नाउँको प्रशंसा, उनको नाउँ धन्यको होस्‌
अहिलेदेखि, सदासर्वदा ।

Stuti Aradhana Upar
स्तुति अराशना उपर

(स्तुति अराशना उपर जाती हे
आशिष्‌ लेकर निचे आति हे) (२)
(प्रभु हामारा कितिना महान्‌
देखो हामसे कर्ता हे प्यार) (२)
हल्लेलू... हल्लेलूयाह (२)
(प्रार्थना अर बिन्ति उपर जाति हे
उत्तर लेकर निचे आति हे) (२)
हल्लेलू... हल्लेलूयाह (२)
(प्रभु हामारा कितिना महान्‌
देखो हामसे कर्ता हे प्यार) (२)
हल्लेलू... हल्लेलूयाह (२)

Swargiya Pita
स्वर्गीय पिता

१. स्वर्गीय पिता पवित्र आत्माले सुक्यो पहाड़
भिजाउनुहोस्‌ झरिले पहाड़ पर्वत हिमाल चुचुरा (२)
आ-है... झरियो... आहै हल्लेलूयाह (२)
२. पहाड़ पर्वत उकाली ओह्राली भिज्यो झरिले
भञ्ज्याङ र देउराली राख्नु भाको त्यो अन्तिम झरी (२)
आ-है... झरियो... आहै हल्लेलूयाह (२)

Hariyo Kharkama
हरियो खर्कमा

को. ला ला ला ला ला ला ला (२)
(हरियो खर्कमा मलाई चराउनुभो’
मेरा आँखाको आँसु पुछ्नुभो’) (२)
(हे येशू, तपाईं मेरो पहिलो प्रेम) (२)
मलाई येशू चाहिन्छ, तिमीलाई येशू चाहिन्छ,
हामीलाई येशू चाहिन्छ, सबलाई येशू चाहिन्छ
१. संसारको पानीले मेटिँदैन मेरो तृष्णा (२)
हे येशू, तपाईं मेरो पहिलो प्रेम (२)
मलाई येशू चाहिन्छ, तिमीलाई येशू चाहिन्छ,
हामीलाई येशू चाहिन्छ, सबलाई येशू चाहिन्छ
२. पराईलाई आफ्नो ठान्नुभो’, प्रेमविहीनलाई प्रेम गर्नुभो’ (२)
हे येशू, तपाईं मेरो पहिलो प्रेम (२)
मलाई येशू चाहिन्छ, तिमीलाई येशू चाहिन्छ,
हामीलाई येशू चाहिन्छ, सबलाई येशू चाहिन्छ

Halleluya Stuti Mahima
हल्लेलूयाह स्तुति-महिमा

को. हल्लेलूयाह, स्तुति-महिमा सर्वदा, येशू प्रभुलाई दिन्छौँ (२)
हा... (हल्लेलूयाह) (३) हा... (हल्लेलूयाह) (३)
१. क्रूसको बलिदानमा रगत बहाउनुभयो (२)
पापलाई हटाई शुद्ध गराई हामीलाई बहाउनुभयो (२)
२. उहाँको पुनरुत्थानमा अनन्त विजय लिई आउनुभो’ (२)
आज तिमी-हामीलाई यही विजय दिनलाई येशूजी आउनुभयो (२)

Halleluya Bhandai Hosanna
हल्लेलूयाह स्तुति-महिमा

{हेल्लेलुया भन्दै (होसना)२बारुली कम्बर(भाचौना )२} २
{म तिमी हामी सबै उफ्रेर जोडले (नाचौन) २} २
{हेल्लेलुया भन्दै (होसना)२बारुली कम्बर(भाचौना)२} २
येही ये येही ये …………………………………………..
बजाऊन्दै ताली गाउँ स्वररै उचाली येशूको महिमा गरौन
आत्मा मा गाउँदै नाच्दै रमाउदै उफ्रेर जोडले करौन
{म तिमी हामी सबै उफ्रेर जोडले (नाचौन) २} २
{हेल्लेलुया भन्दै (होसना)२ बारुली कम्बर(भाचौना)२} २
येही ये येही ये …………………………………………
तुरैको आवाजमा नाच्दै रमाउदै येशूको जैजै गरौन
हात मा हात मिलाई बीजै मनाउदै मिलि झुली संगै बसौन
{म तिमी हामी सबै उफ्रेर जोडले (नाचौन) २} २
{हेल्लेलुया भन्दै (होसना)२ बारुली कम्बर(भाचौना)२}

Hami Uchalau Mahimit
हामी उचालौँ महिमित

को. (हामी उचालौँ महिमित थुमालाई,
हामी उचालौँ जीवित येशूलाई
गाउँदै-बजाउँदै, प्रशंसा गर्दै
चढ़ाऔँ धन्यवाद प्रेमी प्रभुलाई) (२)
१. (हाम्रो प्रार्थनामा हामी उचालौँ,
हाम्रो वचनमा हामी उचालौँ) (२)
(गाउँदै-बजाउँदै, स्तुति गर्दै,
चढ़ाऔँ धन्यवाद प्रेमी प्रभुलाई) (२)
२. (प्रशंसासाथ हामी उचालौँ,
स्तुति गर्दै हामी उचालौँ) (२)
(गाउँदै-बजाउँदै, जयजयकार गर्दै,
चढ़ाऔँ धन्यवाद प्रेमी प्रभुलाई) (२)

Hamro Jiwan Yaha
हाम्रो जीवन यहाँ

हाम्रो जीवन यहाँ भित्र फुल जस्तै छ (२)
फुलको केही दिनमा ओइलेर झर्छ (२)
यति छोटो जीवन लिएर ढुक्क भई तिमी नबस (२)
समय छदै ख्रीष्ट येशूमा उद्धार मुक्ति लेऊ पापको छमा पाउ (२)
हाम्रो जीकन यहाँ भित्र...
जन्म लिऔं संसारमा मृत्यु साथै लिएर
अचम्मको निश्चयता लेऊ ख्रीष्टमा लेऊ विश्वास गरेर (२)
हृदय तिम्रो कहिल्यै नरुने साँचो शान्ति प्रभुले दिइने छन्‌ (२)
निर्णय गर ख्रीष्टमा आजै मृत्युपछि जीवन पाउन (२)

Hamro Yo Jiwan
हाम्रो यो जीवन

हाम्रो यो जीवन घाम छायाँ मात्र हो,
हाम्रो यो जीवन बगेको खोला हो
फर्केर आऊँदैन बितेको जीवन यो
रोएर फिर्दैना गएको जीवन यो
मिलेर झुलेर सबैले जयजयकार मनाऊ
हाँसेर गाएर सबैले प्रभुको बचन सुनाऊ (२)
हाम्रो यो जीवन घाम छायाँ मात्र हो,
हाम्रो यो जीवन बगेको खोला हो
फर्केर आऊँदैन बितेको जीवन यो
रोएर फिर्दैना गएको जीवन यो
आजलाइ अनि भोलिलाई स्वर्गका मार्ग बनाऊ
सम्झाउदै बुजाउन्दै अरुलाई प्रभुको बचन सुनाऊ
हाम्रो यो जीवन घाम छायाँ मात्र हो,
हाम्रो यो जीवन बगेको खोला हो
फर्केर आऊँदैन बितेको जीवन यो
रोएर फिर्दैना गएको जीवन यो

Hami Uchalchhau Mahimit Thuma
हाम्रो यो जीवन

हामी उचालौ महिमित थुमालाई, हामी उचालौ जीवित येशुलाई (२)
गाउँदै-बजाउंदै, प्रशंसा गर्दै, चढाऔ धन्यबाद प्रेमी प्रभुलाई (२)
हाम्रो प्रथानामा हामी उचालौ , हाम्रो बचनमा हामी उचालौ (२)
गाउँदै-बजाउंदै, स्तुति गर्दै, चढाऔ धन्यबाद प्रेमी प्रभुलाई (२)
प्रशंसासाथ हामी उचालौ, स्तुति गर्दै हामी उचालौ (२)
गाउँदै-बजाउंदै, जयजयकार गर्दै, चढाऔ धन्यबाद प्रेमी प्रभुलाई (२)

Haskhel Gardai
हाँस-खेल गर्दै

को. हाँस-खेल गर्दै भनिदेऊ संसार सबैलाई
धरतीको बोझ उठाइलाने जन्मिए मुक्तिदाता
मानिसको चोला लिएर गरीब गोठैमा (२)
१. गोठालाहरूलाई पहिले दर्शन पठाए पिताले (२)
दूतगण आई भन्न लागे साँझको बेलामा
तारणहार प्रभु जन्मिए दाऊदको शहरमा (२)
गई हेर तिम्रो प्रभुलाई पहिले नजरमा (२)
२. पूर्वको ज्ञानी ज्योतिषी आकाश हेरेर बात गर्थे (२)
साँझको नौलो तारा देखी हर्षले रमाए
राजाहरूका राजा जन्मेको पत्तो लगाए (२)
परमपितालाई मन खोली धन्यवाद चढ़ाए (२)

Hannahko Prathana
हन्नाको प्रार्थना

हन्नाको प्रार्थना सुन्नुहुने
दानियललाई जवाफ दिनुहुने
दाउदलाई विजय दिनुहुने
हाम्रो परमेश्वर हाम्रो उद्धार गर्नुहुने,
हाम्रो परमेश्वर हाम्रो पुकारा सुन्नुहुने
प्रार्थनामा टेक्छौ घुडा आजा
पोक्छौ बिलौना तपाई अघि
सुनिदिनुहोस् सुनिदिने, तपाई बाहेक छैन काेहि
तपाई बाहेक हे परमेश्वर हाम्रो छैन कोहि
अय्युबकको सुदिन फर्काउनु हुने
इस्रायलको साथ साथ हिड्नु हुने
अब्राहामलाई बोलाउनु हुने
बुवा भनेर हामिलाई चिनाउनुभो आफैलाई
हाम्रो परमेश्वर हाम्रो उद्धार गर्नुहुने,
हाम्रो परमेश्वर हाम्रो पुकारा सुन्नुहुने
मानिसको वास्ता गर्नु भई
आउनुभो आफै मानिस भई
तपाईको प्रेममा बाहेक आशा छैन कहि
सद्रक मेशक अबेदनागो संग आगोमा हिड्नुहुने,
मोशालाई मित्र भन्नुहुने
हाम्रो परमेश्वर हाम्रो उद्धार गर्नुहुने,
हाम्रो परमेश्वर हाम्रो पुकारा सुन्नुहुने

Hey Sabai Jatika Manis
हे सबै जातिका मानिस

हे सबै जातिका मानिस हो,
हल्लेलूयाह हे, सबै जन हो,
उहाँको तारीफ गर
किनभने हामीप्रति उहाँको करुणा अपार छ
(र याह्वेको सत्यता सधैँको निम्ति रहन्छ) (२)
हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह ।
(र याह्वेको सत्यता सधैँको निम्ति रहन्छ) (२)

Hey Sara Prithivika Manis
हे सारा पृथ्वीका मानिस

को. हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जयजयकार मनाऔँ
आनन्दसाथ उनको सेवा गर, भजन गाएर उनको सामने आओ
१. परमप्रभु नै परमेश्वर हुन्‌, उहाँले हामीलाई बनाउनुभयो (२)
हामी उहाँका प्रजा अनि उहाँका खर्कका भेड़ाहरू हौँ (२)
२. धन्यवादसाथ र प्रशंसा गर्दै उहाँको ढोका र चोकभित्र पस (२)
उहाँलाई धन्यवाद चढ़ाऔँ, उहाँको नाउँलाई धन्यको भन (२)
३. परमप्रभु भलो हुनुहुन्छ, उहाँको कृपा सधैँभरि छ (२)
अनि उहाँको सत्यता पुस्तौँसम्म स्थिर रहन्छ (२)

Hey Dulaha
हे दुलाहा

(हे दुलाहा, मेरो हृदयमा प्रेम जगौनुहोस
हे येशू मेरो हृदयमा आगो जलौनुहोस) २
(कसरि चुप बसुँ तपाइको प्रेम मैले चाखी सके
कसरि दुर रहुँ तपाइको अंगालोमा म डुबिसके) २
येदि मेरो एक नजरले तपाइको हृदयलाइ चोरेको छु भने
म त झन यहाँ बाचना नै सक्दिन
तपाइको प्रेम बिना, म त झन यहाँ बाचना नै सक्दिन
येशूको प्रेम बिना.

Hosanna Hosanna
होसन्ना होसन्ना

१. होसन्ना, होसन्ना, होसन्ना येशू राजालाई (२)
उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,
हाम्रो प्रभुलाई स्तुति होस्‌, होसन्ना येशू राजालाई ।
२. महिमा, महिमा, महिमा येशू राजालाई (२)
उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,
हाम्रो प्रभुलाई स्तुति होस्‌, महिमा येशू राजालाई ।
३. प्रशंसा, प्रशंसा, प्रशंसा येशू राजालाई (२)
उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,
हाम्रो प्रभुलाई स्तुति होस्‌, प्रशंसा येशू राजालाई ।

Herana Akashma Tara
हेरन आकाशमा ताराको

को. हेरन आकाशमा ताराको उज्यालो
(नवजात प्रभुको दर्शन गर्न नगर बियाँलो) (२)
...हेरन आकाशमा
१. ईश्वरको वचन पूरो गर्नलाई आए प्रभु जगमा (२)
मानवको सबै दुःख बुझ्नलाई पस्रिए डुँड़ैमा (२)
(गोठालाहरू छक्क परे जब) (२) देखे स्वर्गदूतलाई
ढाड़स पाई रमाई गए खबर दिनलाई (२)
२. तारालाई आफ्नो लक्ष बनाई बढ़े ज्योतिषीगण (२)
भेटी चढ़ाए दर्शन पाई गराए आनन्दित मन (२)
(पापी जनको तारणहार) (२) मानिसको रूपमा
ख्याल नराखी डाँड़ा-काँड़ा बढ़ौँ सबै प्रभुमा (२)

Herana Hera Sristiko
हेर न हेर सृष्टिको

को. हेर न हेर सृष्टिको सुन्दरता
यसलाई बनाउने प्रभुको महानता
धनी र गरीब दुवै मिलेर
भन्न सक्छ प्रभु धन्यवाद!
१. खेतका आलीहरू, अन्न र बालीहरू
बादल, वृष्टि र बतासहरू (२)
चरा-चुरूङ्गी उड्दै माथि आकाश छुँदा (२)
बैकुण्ठै पुगिदिन्छ मन मेरो ।
२. अनौठो बातहरू जीव-जीवातहरू
उज्यालो दिन अनि रातहरू
असंख्या जातिहरू विभिन्न रीतहरू (२)
उदेकले भरिन्छ यो मन मेरो ।
गर न गर ईश्वरको प्रशंसा
सम्पूर्ण हृदयको उपासना
मान्छे-मान्छेको सबै भिन्नता
मेटियो हेर उनको आँगमनमा ।।

come join us
Every Sunday 10:00 am - 12:00 pm